२०७९ माघ १७, मंगलबार

नेपाल बैंक लिमिटेडको १ सय ६१ औं शाखा तुलसीपुर

चैत्र २०, २०७५  | २६६३ पटक पढिएको

तुलसीपुर, २० चैत्र

नेपाल बैंक लिमिटेडको १ सय ६१ औं शाखा दाङको तुल्सीपुरमा एक कार्यक्रम विच उद्घाटन गरिएकोछ । सर्वसाधरण नागरिकलाई सहज रुपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले नेपाल बैंक लिमिटेडले दाङको तुलसीपुरमा शाखा विस्तार गरेको छ । यो सहित बैंकले देशभर एक सय ६१ वटा शाखा मार्फत बैंकिङ सेवा दिन सुरु गरेको हो । पहिलो दिनमै तुलसीपुर शाखामा २ सय जनाले नयाँ खाता खोलेर कारोबोर सुरु गरेको नेपाल बैंकका शाखा प्रवन्धक विश्वराज अधिकारीले जानकारी दिए ।

नेपाल बैंक लिमिटेडका, प्रदेश प्रमुख पाशाङदोर्जे शेर्पा र घोराही बैंकका शाखा प्रवन्धक चन्द्रप्रकाश अधिकारीको उपस्थिीतमा तुलसीपुर शाखाले बुधबार देखिनै बैंकिङ सेवा सुरु गरेको छ । म्यानेजर अधिकारीका अनुसार निकट भविष्यमा लमही र भालुबाङमा पनि नेपाल बैंक लिमिटेडको शाखा विस्तार गरिने वताएका छन् ।

एघार अर्ब पँुजी रहेको बैंकमा कृषी कर्जा, रेमिट्यान्स, सस्तो सुलभ कर्जासेवा, सुनचाँदीकालागि लकर सेवा, आधुनिक बैंकिङ सुविधिा सहित, राजश्व पनि बुझाउन सकिने सुविधा रहेको बैंकले जनाएको छ । सबै स्थानीय तहहरुमा बैंकिङ पहुँच पुर्याउने राष्ट्र बैंकको योजनालाई सघाउँदै नेपाल बैंकले शाखा विस्तारलाई प्राथमिकतामा राखेको शाखा प्रवन्धक अधिकारीले बताए । तुलसीपुरमा यो बैंक संगै वित्तिय कारोबार गर्ने बैंकको संख्या करिव २ दर्जन भन्दा वढि रहेकाछन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस