२०७९ माघ १३, शुक्रबार

आज पनि हावाहुरीसहित पानी पर्ने, सचेत हुन महाशाखाको आग्रह

चैत्र २०, २०७५  | ८८८ पटक पढिएको

२० चैत्र, काठमाडौँ / जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशको पूर्वी तथा मध्य भूभागमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । साथै महाशाखाले सचेत हुन पनि आग्रह गरेको छ ।

दिउँसो देशको पूर्वी, मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान प्रकाशित गरेको तीन दिने मौसमी बुलेटिनमा पनि देशका विभिन्न भूभागमा आंशिक देखि सामान्य बदली रहने उल्लेख छ ।

बिहीबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदलि रहने विभागले जनाएको छ ।

यस्तो छ तीन दिनको मौसमी विवरणः

चैत्र २० गते (बुधबार)

दिउँसोः देशको पुर्वी भु(भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू(भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी भू–भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी भु–भागका एक दुई स्थानमा मेघ गर्जनका साथ हावाहुरि सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।

रातिः देशको पुर्वी भू–भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । पहाडी भू–भागहरुका एक–दुइ स्थानमा मेघ गर्जनका सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।

चैत्र २१ गते (बिहिबार)
दिउँसोः देशको पुर्वी र मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी र मध्य भू–भागका केहि स्थानमा तथा पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।

रातिः देशको पुर्वी र मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी भू–भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी भू–भागका १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।

चैत्र २२ गते (शुक्रबार)

दिउँसोः देशको पुर्वी र मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू(भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी भू–भागका केहि स्थानमा, मध्य तथा पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना देखिन्छ ।

रातिः देशको पुर्वी र मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी भू–भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी भु(भागका १–२ स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस