नगर विद्यालय स्तरिय नृत्य तथा गायन प्रतियोगिता हुने

चैत्र २०, २०७५  |  ५४१ पटक पढिएको  |   साक्षी खबर

– कपिल लामिछाने

२० चैत्र, दाङ । नव वर्ष २०७६ सालको अवसर पारी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को आयोजनामा तुलसीपुर नगर विद्यालय स्तरिय नृत्य तथा गायन प्रतियोगीता हुने भएको छ ।

नेपाली लोक कला र संस्कृतिलाई बचाई राख्न अनि नयाँ वर्षलाई स्वागत गर्नका लागी उक्त कार्यक्रम गर्न लागिएको संयोजक पूर्ण पुनले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को पुरानो भवन हालको नगर स्वास्थ चौकीको प्राङ्गनमा उक्त कार्यक्रम गर्ने निर्णय गरिएको छ । नृत्य र गायनमा प्रत्येक विद्यालयबाट १ जना छात्र र १ जना छात्राले सहभागिता जनाउन पाउनेछन् ।

यस प्रतियोगीतामा भाग लिन कुनै शुल्क लाग्ने छैन् । तुलसीपुर उपमहानगरपालिकामा रहेका सम्पुर्ण विद्यालयहरुले सहभागीता जनाउन पाउने उक्त कार्यक्रम बैशाख १ गते बिहान ११ बजेबाट सञ्चालन हुने प्रचारप्रसार समितिका संयोजक कपिल लामिछानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार