२०७९ माघ १७, मंगलबार

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक, तीनै शहर खेलकुदमय

चैत्र २०, २०७५  | १३४५ पटक पढिएको

साक्षी खबर
अन्ततः आठौं राष्ट्रिय खेलकुद प्र्र्र्रतियोगिताको मिति र स्थान तोकिएको छ । यसले खेलाडीहरुमा उत्साह थपिएको छ । दाङ जिल्लाले आठौं राष्ट्रिय खेलकुद प्र्रतियोगितासम्म आइपुग्दा पहिलो पटक आतिथ्यताको सौभाग्य पाएको छ । दाङका तीनै शहर अहिले खेलकुदमय भएका छन् ।
आयोजक खेलकुद परिषदको अन्तिम तालिका अनुसार दाङ जिल्लाका लमही, घोराही र तुलसीपुर तीनै शहरमा कुनै न कुनै खेलकुद प्र्रतियोगिता हुने छन् । वहुप्रतिक्षित आठौं मिशन राष्ट्रिय खेलकुद प्रतियोगिता दाङमा आउँदो चैत २८ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने ३५ खेलहरुमध्ये दाङ जिल्लाको लमही, घोराही र तुलसीपुरमा गरी जम्मा ७ विधाका खेलकुदहरु सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । ‘भेनु र मिति अब परिवर्तन हुँदैन, भौतिक निर्माणको काम सकिएको छ, अब म्यानेजमेन्टको काममा लाग्नुस्’, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले भने ।


लमहीमा निर्माणाधिन क्रिकेट मैदानमा दुवो जागिसकेपछि खेलप्रेमी सनम पौडेल फुरुङ छन् । किनकि स्थलगत अनुगमनमा आएको केन्द्र्रको टोलिले महिला क्रिकेट प्र्रतियोगिताको भेनु फाइनल गरिसकेको छ । घोराही, बेलझुण्डी र तुलसीपुरमा निर्माणाधिन सबै संरचनाहरु पनि पुरा हुने क्रममा छन् । लमहीमा निर्माणाधिन क्रिकेट मैदान, घोराहीको नवलपुरमा निर्माणाधिन बास्केटवल कोर्ट, घोराहीको कभर्डहल, बेलझुण्डी रंगशाला तथा तुलसीपुरमा निर्माणाधिन मल्टीपर्पोज कभर्डहलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

निर्माणाधिन तुलसीपुरको मल्टीपर्पोज कभर्डहल

राष्ट्रिय खेलकुद परिषदको शुक्रबार बसेको बोर्ड वैठकले आठौं राष्ट्रिय खेलकुद बैशाख ५ गते नेपालगञ्जमा उद्घाटन हुने निर्णयसंगै उद्घाटन अघि चैत २८ देखिने प्रतियोगिताहरु सुरु हुने पक्का भएको हो । मंसिरमै सुरु हुने भनिएको प्रतियोगिता भौतिक निर्माणको कारण देखाउंदै सर्दै आएको हो । खेलकुद प्रतियोगिता नेपालगञ्जमा निर्माणाधिन रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ५ गते उद्घाटन गर्ने र ११ गते समापन हुने कार्यक्रम तय भएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु पाँच नम्बर प्रदेशको रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बांके र बर्दियामा सम्पन्न हुने छन् ।
प्रतियोगिताको मिति नजिकिएसंगै लमहीमा निर्माणाधिन क्रिकेट मैदानमा दुवो जागीसकेको छ । त्यहांको सम्पूर्ण काम एक दुई दिनमै पुरा हुने खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष शोभाराम पौडेलले बताएका छन् । नगर विकास समितिको कम्तिमा ९५ प्रतिशत लगानी तथा राष्ट्रिय खेलकुद परिषदको ५ प्रतिशत लगानीमा सो क्रिकेट मैदान निर्माण भएको बताइएको छ । निर्माणमा कम्तिमा ४ करोडको लगानीमा ८० मिटर रेडियस भएको खेल मैदान तयार भएको हो ।
त्यसैगरी घोराही नवलपुरको बास्केटवल कोर्ट निर्माण पनि करीव पुरा भैसकेको बताइएको छ भने घोराहीकै कभर्डहलको समेत मर्मत संभारको काम भैरहेको खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकाले जनाएका छन् । ‘यो ऐतिहासिक गौरवको क्षणमा हामी अत्यन्तै हौसिएका छौं’, रोकाले भने, सब भेनु तयारी अवस्थामा पुगिसकेका छन् । त्यसैगरी तुलसीपुरको मल्टिपर्पोज कभर्डहल निर्माणको काम पनि दुई साताभित्रै सम्पन्न हुने खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डांगीले बताएका छन् । त्यहां व्यवस्थित पार्किङ सहित २ कट्ठा जग्गामा ४२ मिटर लम्बाई र २२ मिटर चौडाइको कभर्डहल निर्माण भैरहेको छ । सो कभर्डहलमा सम्पूर्ण इन्डोर गेमहरु खेल्न मिल्ने निर्माण समितिका सिताराम शर्मा आचार्यले बताए । आचार्यकाअनुसार सो कभर्डहलमा अब ट्रष्ट निर्माणको काम मात्रै बांकि रहेको छ ।

त्यसैगरी बेलझुण्डीमा निर्माणाधिन गौरवको अत्याधुनिक रंगशाला निर्माणको काम पनि तीव्र रुपमा अघि बढेको छ । कम्तिमा २४ करोडको लागतमा निर्माण हुन थालेको रंगशालामा ट्र¥याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अत्याधुनिक ट्र¥याक निर्माणका लागि चाइनिज प्राविधिकको टोलि बेलझुण्डी खेल मैदानमा आइपुगेको छ । दुवो रोप्ने काम सम्पन्न भैसकेको निर्माण कम्पनीका इन्जिनियर सुरज धोजुले बताएका छन् । दुवो रोपेको कम्तिमा १५ दिनपछि फुटवल खेल्नका लागि मैदान उपयुक्त हुने खेलकुद परीषदले जनाएको छन् । निर्माणाधिन योजनाहरुको प्रगतिसंगै अब पुर्वनिर्धारित ७ वटै गेमहरु दाङबाट उम्कन सक्ने छैनन् ।

मैनालीको दवावमा समापन समारोह पनि उतै
यसैबीच दाङको बेलझुण्डीमा हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन दाङमा नहुने भएको छ । पूर्वघोषित कार्यक्रम अनुसार दाङको बेलझुण्डीस्थित निर्माणाधिन रंगशालामा समापन हुने भनिएको थियो । तर अन्तिम समयमा आएर समापन समारोह पनि नेपालगन्जमै सारिएको छ । ‘खेलकुद परिषद श्रोत भन्छ, समापन समारोहको तयारी दाङको बेलझुण्डी रंगशालामा थियो, तर कसैको दवावमा समापन समारोह पनि उतै सारियो ।’ यथार्थमा खेलकुद परीषदमा जिम्मेवार राष्ट्रिय खेलकुद प्रतियोगिता समारोह समितिका संयोजक तथा केन्द्रीय सदस्य विनोद मैनालीको दवावमा निर्माणमा ढिला भएको कारण देखाउंदै समापन समारोहको भेनु सारिएको बताइएको छ । तर सदस्य सचिव विष्टले भने बेलझुण्डी रंगशालामा भिआइपि प्याराफिट निर्माण र भिआइपि व्लक निर्माणको काम सम्पन्न हुन नसकेका कारण समापन समारोह दाङमा सम्भव नभएको बताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस