एसिया कप २०२० रद्द

असार २५, २०७७  |  १०८ पटक पढिएको

२५ असार, काठमाडौं / यो वर्ष हुने एसिया कप २०२० रद्द भएको छ । आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कप रद्द भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्ष सौरभ गांगुलीले पुष्टि गरेका छन् ।

गांगुलीले एसीसीको बैठक बस्नुभन्दा एकदिन पहिला एसिया कप रद्द भएको बताएका हुन् । बिहिबार एसियान क्रिकेट काउन्सिलको बैठक बस्नेछ ।

विश्वभर फैलिएको कोरोना कहरको कारण उक्त कप पनि रद्द भएको हो । कोरोनाले गर्दा यसवर्षको आइपीएल पनि अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार