‘रोग प्रतिरोधात्मक बढाउने आहार, विहार गरौं’ : निमित्त निर्देशक ठाकुर

असार २४, २०७७  |  ३९२ पटक पढिएको

प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुरसँग कोराना भाईरसका विषयमा केन्द्रित रहेर वंशीकुमार शर्माले गरेको कुराकानीको सार संक्षेप:

१. तपाई आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
– प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा कार्यरत छु । अस्पतालको दैनिकी कार्यसँग सँगै विश्वव्यापी संकट बन्दै गएको कोराना भाईरसको संक्रमणबाट जोगिन दाङमा रहेका क्वारेन्टाईनमा रहेका नागरिकहरुको लागि योग प्रशिक्षण दिने र कोरोना महामारीका लागि जडिबुटीजन्य आयुर्वेदिक औषधि वितरण गरिरहेका छौ ।

२. कोरोना भाईरस (कोभिड १९) भनेको के हो ?
– कोरोना एक प्रकारको भाईरस हो । यो संक्रमित व्यक्तिबाट सर्ने गर्दछ । कोरोनाका कारण श्वास प्रश्वासमा समस्या आउँछ । विगतमा अन्य देशहरुमा पनि सामान्य रुघाखोकी लागेपछि कोरोना ग्रुप कै भाइरस फेला परेको थियो । हाल चिनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापी संकट बनेको छ । कोरोनाको प्रमुख लक्षण भनेको ज्वरो आउनु हो । श्वास प्रश्वासमा समस्या आउनु हो । श्वास फेनै ग्राहो हुने सुख्खा खोकी लाग्ने नाक बन्द हुने हाँच्छिउ आउने यसका लक्षण हुन् ।

३. कोरोना भाइरस मान्छेमा कसरी सर्छ ?
– कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कबाट सर्छ । भीडभाडमा नजाने, स्वास्थ्य तथा व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्छ, साबुनपानीले हात धुने गर्नुपर्छ ।

४. कस्ता मानिसलाई कोरोनाबाट प्रभावित हुन सक्छन् ?
– कोरोना भाइरसको संक्रमण दीर्घरोगीहरुलाई चाँडो समात्छ । दीर्घरोगी भन्नाले नियमित औषधि सेवन गर्ने व्यक्तिलाई भनिन्छ । दम, सुगर, मृगौलाका समस्या भएका वृद्ध तथा बालकहरुलाई देखिने गर्छ भने जो व्यक्तिमा रोगसंग लड्ने क्षमता कम हुन्छ त्यस व्यक्तिमा संक्रमण चाँडो हुन्छ ।

५. प्रादेशिक आयुर्वेद चिकित्सालयले कोरोना भाइरसबाट बच्न के तयारी गरेको छ ?
– प्रादेशिक आयुर्वेद चिकित्सालयले विश्वव्यापी रुपमा देखिएको नोबेल (कोभिड १९) कोरोना भाईरसको संक्रमणबाट बच्न जनचेतामूलक सन्देश प्रवाह गरिरहेको छ । अस्पताल परिसर भित्र किटनाशक औषधी छर्केका छौं । यहाँ आउने सेवाग्राहीलाई प्रतिरोधात्मक औषधी दिने गरेका छौं । अस्पताल परिसर भित्र आउने सेवाग्राही बिरामीहरुलाई साबुन पानीले हात धुन अनुरोध गरेका छौं ।

६. कोरोना भाईरसको औषधी छैन यसको उपचार कसरी सम्भव छ ?
– विश्व जगतले कोराना भाईरसको भ्याक्सीन पत्ता लगाउन सकिरहेको छैन । हामीले गर्ने भनेको सामान्य उपचार र जनचेतना हो । १००.४ भन्दा बढी भए ज्वरो देखिएमा उपचार सुरु गर्दछौँ । संक्रमण नदेखिएकालाई घरमा बसि उपचार गर्न सल्लाह दिन्छौ भने संक्रमित भएमा बिरामीहरुलाई क्वारेन्टाइनमा राखि उपचार गरिन्छ । व्यक्तिगत सरसफाई र सेल्फ क्वारेन्टाइनमा बस्ने कोरोनाबाट बच्ने उत्तम उपाय हो ।

७. कोरोना भाईरसबाट त्रसित नागरिकलाई तपाइले कस्तो सल्लाह दिनु हुन्छ ?
– भिड्भाडमा नजाउ, भिडभाड नगरौ, अति आवश्यक काम बाहेक घर देखि बाहिर नजाऔ, चार जना भन्दा बढि व्यक्ति एकै ठाउमा नबसौँ समान्य उपचारका लागि अस्पताल परिसरमा पनि भिडभाड नगरौँ स्वास्थ्य र सरसफाइमा ध्यान दिऔँ, यसबाट पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ । हामीले क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई योग ब्यायाम सिकाउने रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटि वितरण गर्ने गरेका छौ ।

८. कुन कुन क्षेत्रमा कसरी बितरण गर्नु भएको छ ?
– समुह विभाजन गरि तोकिएको क्षेत्र र तालीका बनाएर दाङमा रहेका क्वारेन्टाईनमा हेल्थ क्याम्पमा राखेर शरीरमा रोग प्रतिरोध क्षमता अभिवृद्वि गर्ने जडिबुटीजन्य आयुर्वेदिक औषधि जस्तो आमलकी पाउडर, गुडुची पाउडर आदि वितरण गरौ । आईसोलेशनमा भर्ना भएका बिरामिलाई च्यवनप्रयास दिएका छौ । अस्पतालमा आउने सेवाग्राहीलाई विश्व माहामारी कोरानाबाट बच्ने उपाय र स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटि औषधिको बारेमा जानकारी गराउने र भएसम्म सवबलाई जडिबुटि दिएका छौ ।

९. रोग प्रतिरोधात्मक भनेको के हो ?
– रोग प्रतिरोधात्मक भन्नाले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्नु हो । रोग प्रतिरोधात्मक क्षमताले शरीरमा विभिन्न रोग लाग्नबाट बचाउछ । शरीरमा प्रतिरोधात्मक क्षमता भएमा रोग लाग्न सक्दैन यदि रोग लागेमा पनि त्यसलाई प्रतिकार गर्न सक्ने क्षमता भएमा त्यसता रोगले शरीरलाई असर गर्न सक्दैन त्यसैले रोग प्रतिरोधात्मक बढाउने खाना खानु पर्दछ । रोग प्रतिरोधात्मक क्षमता कम भएमा शरीरमा विभिन्न रोग लाग्ने तथा संक्रमण हुन्छ त्यसैले सकेसम्म हामिले ईमुनिटिपावर बढाउने खाना खानु पर्दछ ।

१०. कुन–कुन खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउछ ?
– हरियो सागसब्जी, अमिलो जातका फलफुल प्रोटिन युक्त खानेकुरामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् ।

११. अन्त्यमा केही कुरा ?
– कोरोना एक प्रकारको भाईरस हो यसलाई नोबेल (कोभिड १९) नाम दिएको छ । चीनको बुहान शहरबाट यो संक्रमण फैलिएको हो । चिनको बुहान शहर पशुपंक्षिहरुको बध गरि मासु बिक्रि वितरणको लागि परिचत छ । सन् २०१९ मा बुहान शहरबाट कोरोनाको संक्रमण फैलिदै अहिले विश्वव्यापी संकट बनेको छ । यो संकटबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन सहकार्य गर्दै अघि बढ्न जरुरी छ । मलाई कोरोना भाईरसका विषयमा आफ्ना विचारहरु राख्ने सुअवसर दिनुभएकोमा तपाई लगायत यस संचार माध्यमलाई धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार