गाउँ गाउँमा प्रहरीको सक्रियता बढ्दै

असार २२, २०७७  |  २०० पटक पढिएको

२२ असार, बिजौरी / लकडाउनमा मानिस गाउँघरमा हुने भएकोले उक्त समयमा कुनै पनि युवाहरु कुलतमा नपरुन भन्दै प्रहरीहरु गाउँ गाउमा सक्रियता बढाएका छन् ।

यसैबिच पछिल्लो चरणमा तुलसीपुर उपमहानगरपालिका १९ स्थित बाँसगढी, खरखरे, सक्राम लगायतका स्थामा करिब ३ कट्ठा जती बेवाारिसे रुपमा उम्रेको गाँजा हेमन्तपुर प्रहरी चौकीको सक्रियतामा नष्ट गरिएको छ ।

प्रहरी चौकीका इञ्चार्ज सई इन्द्र बहादुर पालको नेतृत्व सहित तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाअध्यक्ष रामवहादुर योगी, सहित स्थानीय टोल बासिको सक्रियतामा अवैध गाँजा नष्ट गरिएको हो ।

लक डाउनको मौका पारेर समाजमा अवैध मानिएको गाँजा युवाहरु जमघट गर्दै सेवन गर्ने गरेको जन गुनासो आएपछि हेमन्तपुर प्रहरी चौकीले गस्तीसँगै अवैध मानिएको गाँजा नष्ट पार्ने अभियान शुरु गरेको हो । यस अघिपनि हेमन्तपुर प्रहरी चौकीले तुलसीपुर–१६, १७ वडाहरुमा पनि गाँजा नष्ट गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार