२०७९ माघ १३, शुक्रबार

‘नोटबुक’ र ‘जंगली’ दुबै असफल

चैत्र १९, २०७५  | १११२ पटक पढिएको
शुक्रवारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘नोटबुक’ र ‘जंगली’ ले बक्सअफिसमा आफ्नो जादू देखाउन असफल भएका छन् । दुबै फिल्म बक्सअफिसमा डुबेको भारतीय मिडियाले बताएका छन् । बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसमा निर्माण भएको फिल्म ‘नोटबुक’ ठूलो फ्लप साबित भएको छ । यसलाई दर्शकले पिटिक्कै रुचाएनन् ।
फिल्मले प्रदर्शनमा तीन दिनमा जम्मा २ करोड ५० लाख कलेक्सन गरेको छ । जबकि, फिल्म २० करोडको लागतमा निर्माण भएको हो । यो फिल्मको तुलनामा ‘जंगली’ ले भने राम्रो प्रदर्शन गरेको छ तर, दर्शकमा खासै प्रभाव छाड्न सकेको छैन । फिल्मले प्रदर्शनको चार दिनमा घरेलु बजारमा १६ करोड २५ लाख छाप्न सफल भएको छ ।
ट्रेड एनालिस्ट नरेन्द्र गुप्ताले दुबै फिल्मले लगानी सुरक्षित गर्न असम्भव रहेको बताएका छन् । उनले भनेका छन्, ‘सलमान खानको समर्थनका बावजूद पनि ‘नोटबुक’ फ्लप भयो । यसको कहानी दर्शकले बुझ्नै सकेनन् र राम्रोसँग प्रमोट पनि गरिएको थियो ।’ जहीर इकबाल र प्रनूतन बहलको लिड रोल रहेको यस फिल्मलाई नितिन कक्कडले निर्देशन गरेका हुन् ।
‘जंगली’ को बारेमा जानकारी दिँदै नरेन्द्र गुप्ता अगाडि भन्छन्, ‘यसको प्रदर्शन ‘नोटबुक’ भन्दा राम्रो थियो तर, यो फिल्म पनि फ्लप भयो । फिल्म न बच्चालाई मनपर्‍यो न त युवालाई नै ।’ यसमा एक्सन हिरो विद्युत् जामवालको प्रमुख भूमिका छ । नरेन्द्रले अभिनेता अक्षय कुमारको ‘केसरी’ भने १ सय २५ करोड कमाउँदै हिट फिल्म बनेको बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस