बन्ने भयो मायाको टिनको घर

– हेमराज शर्मा  |  जेठ २८, २०७७  |  २०६०२ पटक पढिएको

२७ जेठ, गढवा । गढवा गाउँपालिका वडा नं. ६ आटिपाकर निवासी माया चौधरीको टिनको घर बन्ने भएको छ ।

क्रियटिङ पोसिबिलिटिज नेपाल दाङले उनको परिवारलाई उपलब्ध गराएको खाद्यान्न, लगाउने कपडा, व्यक्तिगत सरसफाईका सामाग्री र भाडाहरु हस्तान्तरण गर्दै गढवा गाउँपालिका उपादक्ष्य शान्ती चौधरीले टिनको घर बनाउन गाउँपालिकाबाट पहल भएको बताईन् । ‘मैले पनि व्यक्तिगत रुपमा सहयोग गर्दै आईरहेको छु र अबको केहि महिनामा गाउँपालिकाको पहलमा टिनको छानो भएको घर निर्माणको सुरुवात पनि हुन्छ’ उपाध्यक्ष चौधरीले भनिन् ।
मायाका ४७ वर्षिय श्रीमान बहुदल चौधरी जहाँ काम गर्यो त्यहि खाना खाने गरि दैनिकी चलाउथे । उनको सात जनाको परिवार उनकै मेहनत बाट चलेको थियो । तर जेठ १७ गते रोगले थलिएर उनको ज्यान गए पछि ५ सन्तानको सबै जिम्मेवारी माया चौधरीको काधमा रहेको छ ।

अहिले उनि संग न त बस्ने राम्रो बाँस छ, न त खानलाई गाँस नै । उनको घरको चुलो विभिन्न संस्था र गाउलेको सहयोगमा बल्ने गर्दछ । ‘टिनको घर बनाई दिने भनेका छन् खुशि लागेको छ खै के हुन्छ’ मायाले भनिन् । अहिले उनिहरु जमिन्दारको जग्गामा बस्दै आएका छन् ।

क्रियटिङ पोसिबिलिटिज नेपाल दाङ अन्र्तगत रिच आउट टु को आर्थिक सहयोगमा उनका २ वटा बच्चाहरु स्थानिय निजी बिद्यालयमा अध्ययन गरिरहेका छन् भने यस अघि गढवा गाउँपालिका वडा नं. ६ र क्रियटिङ पोसिबिलिटिज नेपाल दाङकै सहयोगमा उनको घरमा नल्की पनि गाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार