२०७९ माघ १३, शुक्रबार

घोराहीमा यामाहाको महामेला, प्रत्येक हफ्ता सुनको सिक्का

चैत्र १७, २०७५  | ११५९ पटक पढिएको

१७ चैत्र, घोराही (दाङ) / श्रेष्ठ अटो मोबाइल यामाहाले घोराहीमा महामेला गर्ने भएको छ । श्रेष्ठ अटो मोबाइल र एम ए डब्ल्यू इन्टरप्राइजेजको संयुक्त आयोजनामा चैत १८ गते देखी २२ गते सम्म महा मेला हुने भएको छ ।

महा मेलामा निशुल्क मोटरसाइकलको चेकजाँच, सर्भिसिङ, मोटरसाइकल तथा स्कुटी एक्सचेन्ज, संगै मोटरसाइकल रेस, हाजिरी जवाफ तथा सांगीतिक कार्यक्रम रहेको ड्रिमल्याण्डका सञ्चालक दीपक श्रेष्ठले बताए । साथै कुनैपनि कम्पनीको जस्तो सुकै पुरानो मोटरसाइकलको कम मुल्यांकन रु. ३० हजार गरिने र मोटरसाइकल, स्कुटी खरिदमा बजारको मूल्य भन्दा रु. १० हजार थप मूल्यांकन लगाउने पत्रकार सम्मेलन मार्फत दीपक श्रेष्ठले जानकारी दिए ।

महामेलामा ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दै मोटरसाइकलको खरिदमा रु. १० हजार देखि रु. १ लाख सम्मको विशेष छुट रहेको र प्रत्येक हफ्ता लक्की ड्र मार्फत एकजनालाई सुनको सिक्का समेत रहेको श्रेष्ठ अटोमोबाइलका प्रबन्धक राजेन्द्र श्रेष्ठले बताए । साथै मोटरसाइकल तथा स्कुटीको खरीदमा यामाहाले बाइक कभर, हेलमेट, स्पोटर्स ब्याग, ग्लोबस, लेग गार्ड लगायतका सामानहरु निःशुल्क उपलब्ध गराउने जानकारी दिए । पाँच दिनसम्म चल्ने यामाहाको महा मेलामा न्युनतम ब्याजदरमा मोटरसाइकल तथा स्कुटीको फाइनान्सको व्यवस्था पनि रहेको र जापान कम्पनीको उत्पादन हुनुका साथै धेरै नै बलियो पार्टपुर्जा समेत भएकाले ग्राहकले यामाहा ब्रान्डलाई नै विश्वास गरेको श्रेष्ठ अटोमोबाइलका सुपरभाईजर लक्की सल्मानीले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ्गका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता रहेको थियो भने महामेलाको बारेमा यामाहाका सेल्सम्यान दिनेश केसीले जानकारी गराएका थिए । ड्रिमल्यान्डका सञ्चालक दीपक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार आर के शीतलले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस