दंगीशरणमा ५८ जनाको रिपोर्ट नेगेटिभ

जेठ २१, २०७७  |  १३६ पटक पढिएको

– दिप्तीशिखा चौधरी
२१ जेठ, दंगीशरण / दंगीशरण गाउँपालिकाको दुई वटा क्वारेनटाईनमा रहेका ५८ जना आज घर फर्किएका छन् । विरेन्द्र मावि हेकुलीको क्वारेन्टाईनमा रहेका ३० जना र श्री सिद्ध पृथ्वी जनता मावि श्रीगाउँको क्वारेन्टाईनमा रहेका २८ जना गरी ५८ जना घर फर्किएका हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको विरेन्द्र माविका क्वारेनटाईन संयोजक अनन्त चौधरीले बताए ।

रिपोर्ट नेगेटिभ आएर आफुहरु घर फर्किन पाउँदा खुसी लागेको उनीहरुले बताए । “ईन्डियाबाट आएका धेरै थियोँ कोरोना लाग्न पनि सक्छ भनेर क्वारेन्टाईन आयोँ अहिले रिपोर्ट नेगेटिभ आएपछि धेरै खुसी लाछ” ३१ वर्षका एक पुरुषले भने ।

“कोरोना भाईरस फैलियो भनेपछि कामकाज छाडेर घरमै बसिन अनी नेपाल आहम कोरोना छैन भनेपनि त्यती टाढाबाट आकाथ्यो शंका त गर्न परिहाल्यो अहिले रिपोर्ट नेगेटिभ आएपछि ढुक्क भयो ।” अर्का ३३ वर्षका एक पुरुषले भने ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणको क्वारेन्टाईनमा रहेका नागरिकहरुको रीपोर्ट नेगेटिभ आएको भन्दै खुसी लागेको बताए । “अहिले सम्मको रिपोर्ट नेगेटिभ आएको भन्दै कोरोनालाई जितिसकेका छौँ जस्तो लागेको छ । तर पनि सजक र सतर्क हुन आवश्यक छ ।”– अध्यक्ष चौधरीले भने ।

उनीहरुको बिदाई कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, वडा न। १ का अध्यक्ष श्रीप्रशाद चौधरी, वडा नं. २ का वडा अध्यक्ष तुल्सीराम देवकोटा, वडा न. ५ का अध्यक्ष दिपक गौतम, लगायतको सहभागिता थियो ।

अहिले विरेन्द्र माविको क्वारेन्टाईनमा ५ महिला र २३ पुरुष गरि २८ जना रहेका छन् भने श्री पृथ्वी जनता माविको क्वारेन्टाईनमा २३ जना रहेको क्वारेन्टाईन सयोंजक दिपक केसीले जानकारी दिए । क्वारेन्टाईनमा बसेकाहरु ईन्डियाबाट आएका नागरिक धेरै संख्यामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार