मुलुकलाई बन्दाबन्दि अवस्थामा राखि राख्ने कि विकल्प दिने ?

जेठ १९, २०७७  |  ३५०२ पटक पढिएको

यतिबेला कोरोना भाईरस विश्वव्यापी संकट बनेको छ । इबोला भाईरस पछिको ठुलो भाईरसको रुपमा देखिएको कोरोना भाईरस स्वास्थ्यको विषयमा सर्वत्र चासो बनेको छ । नागरिकहरु कोरोना भाईरसको त्रासले त्राही त्राही भएका छन् । चिनको वुहान शहरमा सन् २०१९ को डिसेम्वरमा पहिलो पटक देखा परेको कोराना भाईरसको संक्रमण विश्वभरी फैलिन थाले पछि २३ जनवरी २०२० मा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकालिन घोषणा गरेको छ । विश्वभरी फैलिरहेका कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

नेपाल सरकारले छिमेकी मुलुक चिनमा रहेका आफ्ना नागरिकलाई शुरु मै नेपाल भित्राएको थियो । अहिले छिमेकी मुलुक भारतमा रहेका र तेश्रो मुलुकमा रहेका नागरिकहरुलाई आफनो देशमा ल्याउने भएको छ । विश्वमा महामारीको रुपमा देखा परेको संक्रामक रोग ‘कोभिड–१९’बाट आफू बच्न र अरुलाई पनि सुरक्षित राख्नु सबै मानवको कर्तव्य हो । संक्रामक रोगबाट सुरक्षित रहँदै दैनिक जीबन यापनमा सहजता ल्याउनु नै बुद्धिमानि हुनेछ । मानव सुरक्षित साथ बस्न पाउनु यसको नैसर्गिक अधिकार हो । त्यसैले सबै मानवको उचित व्यवस्थापन राज्यले गर्न सक्नु पर्दछ । सरकारले आफ्ना नागरिकलाई सुरक्षित राख्नको लागि लकडाउन गर्नुको विकल्प थिएन । अहिले बिश्वमा नै संक्रामक रोग कोभिड–१९ बाट बच्ने अचुत उपाय लकडाउन नै रहेछ तर लकडाउन गर्दैमा सबै समस्याको समाधान हुन्छ भन्ने होईन । निश्चित ठाउँमा दैनिक उपभोग्य वस्तुको र स्वास्थ्य उपचारका उचित व्यवस्थापन भएमा मात्र लकडाउन कोभिड १९बाट बच्न अचुक उपाय रहेछ ।

नागरिकलाई सुरक्षित राख्नको लागि लगडाउन लम्बिदै जादा त्यसबाट उत्पन्न हुन सक्ने दुसपरिणाम भयावह हुन सक्छ । दैनिकी मजदुर गरी साँझ बिहान खर्चको जोह गर्ने नागरिकहरुको लेखाजोखा भएको छैन ।

नागरिकलाई सुरक्षित राख्नको लागि लगडाउन लम्बिदै जादा त्यसबाट उत्पन्न हुन सक्ने दुसपरिणाम भयावह हुन सक्छ । दैनिकी मजदुर गरी साँझ बिहान खर्चको जोह गर्ने नागरिकहरुको लेखाजोखा भएको छैन । कति नागरिकहरु आफ्नो गन्तव्यमा पुगेका छैनन् । बिचमा अलपत्र परेका छन् । जीवनयापनको लागि मजदुरी गर्न गएका मजदुरहरु नाकामा रोकिएका छन् । तेश्रो मुलुकमा गएका नागरिकहरु आफ्नो देश फर्कन चाहेका छन् । ती सबैलाई सुरक्षित राख्न सकेमात्र लकडाउनले सार्थकता पाउने थियो । लकडाउन लम्बिदै गर्दा रोगबाट भन्दा भोकले जनता मर्ने हुन् भन्ने डर भैईसक्यो । बिचमा अलपत्र परेकालाई समयमै उचित व्यवस्थापन नगर्ने हो भने रोग भन्दा भोकले मर्न सक्छन् । हुनतः सरकारले दैनिकी उपभोग्य वस्तुहरुको उपलब्धता गराउन भरमग्दुर प्रयास गरेको छ । जनजीविकाका लागि अति आवश्यक वस्तुहरुको मूल्य प्रत्येक दिन आकासिन सक्छ यसतर्फ सबै चनाखो हुन जरुरी छ । संक्रामक रोगबाट आफ्ना नागरिक लागि सुरक्षित राख्नको लागि सरकारले लकडाउन गरेको छ । सबै नागरिकहरु घर घरमा बसेका छन् । उत्पादन हुन सकेको छैन । जनताको क्रयशक्ति छिन हुँदैछ । आर्थिक जीवन अस्तव्यस्त भएको छ ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागि परेको छ । यो सरकारको जिम्मेवारी पनि हो । सबैको जिम्मेवारी हुँदा हुँदै पनि सरकार जनताको अभिभावक हो । सरकारले नागरिक जीवनयापनमा सहजता ल्याउनको लागि आर्थिक प्याकेजको व्यवस्था गर्नुपर्दछ । सबै भन्दा ठुलो कुरो स्वास्थ्य नै हो स्वास्थ्य सुरक्षित भए विकास पछि हुन सक्छ तसर्थ सरकारले दैनिक जीवनयापनमा सहजता ल्याउनको लागि दैनिक मजदुरी गरी खाने विपन्न परिवार, अप्ठ्यारो परेकालाई अनुदानको व्यवस्था गर्नुपर्दछ । आफ्ना नागरिकहरु लागि सुरक्षित राख्दै अप्ठ्यारो परेकालाई सहयोग गर्नु सरकारको दायित्व हो । तर सरकारले यति लामो समय सम्म पनि स्वास्थ्य क्षेत्रमा गर्नु पर्ने तयारि गर्न सकिरहेको छैन । २०७६ चैत्र ११ गते देखि मुलुक बन्दाबन्दि अवस्थामा छ । नेपालमा पछिल्लो चरण आएर कोराना संक्रिमितको संख्या बढन थालेको हो ।

स्वास्थ्य क्षेत्रमा कुनै सुधार गर्न सकिरहेको छैन अझ दुःखद् घटना दैलैखमा कोराना संक्रमितलाई उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा राख्नुको साट्टा गोठमा राखेको समाचार आएका छन् । कस्तो बिडम्वना ? सधै मुलुकलाई बन्दाबन्दि अवस्थामा राखि राख्ने विकल्प केहि नदिने हो भने सरकार आफनो दायित्वबाट पंक्षिण खोजेको हो । विश्व स्वास्थ्य संगठनले तोकेको सामान्य मापदण्ड पनि पुर्याउन नसकेर भद्रगोल अवस्थामा जनतालाई क्वारिन्टाईनको नाममा कैदि बनाईएको छ । क्वारिन्टाईन भनेको मिनी अस्पताल हो । क्वारिन्टाईनको विषयमा स्थानीय बासिहरुले आवाज उठाई रहेका छन् । उनिहरुको माग स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ भन्ने रहेको छ । कोरोना भाईरस संक्रमित रोग हो । यस्तो रोग जहाँ पनि देखिन सक्छ । यस्तो रोगबाट बच्न सतर्कता अपनाउनु ने बुद्धिमानि हुनेछ ।

सधै मुलुकलाई बन्दाबन्दि अवस्थामा राखिराख्ने भन्दा केहि विकल्प सोच्नुपर्दछ । आठ लाख भन्दा बढि विद्यार्थी घरमा बसेका छन् उनको भविष्यको बारेमा सरकार, विश्वविद्यालय कसैले पनि विकल्प दिएका छैनन् । यसतर्फ पनि सोच्नु पर्ने हो । दैनिक मजदुरी गरी खाने विपन्न परिवार अप्ठ्यारो परेका छन्, उद्योग कलकारखाना बन्द छन्, उत्पादन गर्ने निकाय पनि बन्द भएका छन् ।

भाईरसबाट पीडित व्यक्ति निराश, रिस ग्लानी तथा दिग्दारीले चुर्लम्म डुबेको हुन सक्छ । पीडित व्यक्तिलाई प्रत्यक्ष चिकित्सकको निगरानीमा राख्नुपर्दछ । सरकारले भाईरसको संक्रमणलाई रोक्न सतर्कता अपनाउनु पर्दछ । सधै मुलुकलाई बन्दाबन्दि अवस्थामा राखिराख्ने भन्दा केहि विकल्प सोच्नुपर्दछ । आठ लाख भन्दा बढि विद्यार्थी घरमा बसेका छन् उनको भविष्यको बारेमा सरकार, विश्वविद्यालय कसैले पनि विकल्प दिएका छैनन् । यसतर्फ पनि सोच्नु पर्ने हो । दैनिक मजदुरी गरी खाने विपन्न परिवार, अप्ठ्यारो परेका छन्, उद्योग कलकारखाना बन्द छन्, उत्पादन गर्ने निकाय पनि बन्द भएका छन् । अझै पनि बन्दाबन्दिको विकल्प नदिने हो भने झन समस्या आउने छ । यसतर्फ सबैले सोच्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार