दाङका एकजना सहित थप सात जनामा कोरोना संक्रमण पुष्टि, ‘कुल ५९१ पुग्यो संक्रमितको संख्या

जेठ ११, २०७७  |  ८४२ पटक पढिएको  |   साक्षी खबर

११ जेठ, दाङ / दाङ, रुपन्देही र कपिलवस्तुका सातजनामा गएराती कोरोना पोजेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् । उनी मदानेकै एक बैंकका कर्मचारी हुन् ।

रुपन्देहीको तीनजना गैडहवा गाउँपालिकाका हुन् भने कपिलवस्तुका तीनजना मायादेवी गाउँपालिकाका हुन् । उनीहरु ६ जना २० देखि ४० वर्षका पुरुषहरु रहेको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ । दाङमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । तीन जना जिल्लाबाहिर रहेका छन् भने तीन जनाको कोरोना विषेश अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार