२०७९ माघ २६, बिहीबार

सल्यानमा बजाज अटो रिक्साको फ्री सर्भिसिंङ क्याम्प सम्पन्न

चैत्र १७, २०७५  | १२९२ पटक पढिएको

सल्यान/  सल्यानको श्रीनगरमा सनिवार बजाज अटो रिक्साको फ्री क्याम्प सम्पन्न भएको छ।
सल्यान र रुकुम क्षेत्रका अटो रिक्साहरुलाई मध्यनजर गर्दै श्रीनगरमा क्याप्प संचालन गरिएको छ ।
आप्mनो कम्पनीको नियम अनुसार आप्mना कम्पनीका अटो रिक्साहरुको अबस्ता तथा नियमित मर्मत सम्भार अनुरुप क्याम्प सञ्चालन गरिएको संयम इन्टरप्राईजेजका संचालक गेहेन्द्र पौडेलले बताए । साथे उनले अटो व्यवसायीहरुले अत्याधिक माग भएकोले अव सर्भिसिंङ क्याम्प मासिक रुपमा हुने जानकारी दिए ।

सर्भिस क्याम्पमा सल्यान र रुकुम क्षेत्रमा सन्चालित अधिकांस अटो रिक्साहरुले सर्भिसिंङ गरेको संचालक पौडेलले बताएका छन।
उक्त कम्पनीका अटोहरु सल्यान र रुकुममा तीन दर्जनको हाराहारीमा संचालनमा रहेका छन । क्याम्पममा फ्री सर्भिसिंङ गरिएको थियो भने अटोका पार्टसहरु पनि राखिएको थियो । क्याम्पमा कम्पनिका इन्जिनियरहरुले अटोहरुको सर्भिसिंङ गरेका थिए ।

आप्mनो प्रालिका सम्पुर्ण अटो रिक्साहरुले क्याम्पमा सेवा लिएको र सम्पुर्ण अटो धनीहरु खुसी भएको आर.एस.प्रालिका अध्यक्ष सुबास बस्नेतले बताएका छन ।
समय समयमा कम्पनीले फ्री क्याम्प संचालन र्गयो भने रिक्साहरुको अबस्था तथा तिनिहरुको फिट ब्याक बुझ्ने मौका मिल्ने उनले बताए ।
सल्यन र रुकुममा अधिकांस बजाज कम्पनीका अटो रिक्सा सन्चालनमा रहेका छन।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस