थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, कुल ५४८ पुग्यो

जेठ १०, २०७७  |  २४१ पटक पढिएको

१० जेठ, काठमाडौं / पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५४८ पुगेको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएकामा कपिलवस्तु मा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडौंमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक पुरूष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार