पाकिस्तामा विमान दुर्घटना हुँदा एकसय सात जनाको मृत्यु

जेठ ०९, २०७७  |  २३ पटक पढिएको  |   साक्षी खबर

९ जेठ, काठमाडौँ / पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना हुँदा सबैको मृत्यु भएको छ । यात्रुवाहक हवाइजहाज दुर्घटना हुँदा कम्तिमा ९९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानको कराचीबाट उडान भरेको पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एयरबस ए ३२० प्राविधिक त्रुटीको कारणले दुर्घटनाग्रस्त भएको हो ।

पाकिस्तानका वायुसेवा निगमका प्रवक्ता अब्दुल्लाह खानले सीएनएनसँगको कुराकानीमा विमान दुर्घटना हुनुअघि चालकले प्राबिधिक त्रुटीबारे जानकारी गराएको बताएका छन् । विमान कराचीको आवासीय क्षेत्रभित्र दुर्घटना भएको हो ।

पाकिस्तानमा दुई महिनाको लकडाउनपछि गत् साता मात्रै घरेलु उडान सुरु भएको थियो । पाकिस्तानको लाहौरबाट उडान भरेको विमानमा ९९ यात्रु र नौ जना चालक दलका सदस्य सबार थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार