सोनापुर सिमेन्ट्सले दियो मास्क र गन थर्मामिटर

जेठ ०९, २०७७  |  २५४३ पटक पढिएको

९ गते, विजौरी,
तुलसीपुर उपमहानगरपालिका—१८ मा सन्चालित सोनापुर सिमेन्ट्स प्रालि दुधरासले कम्पनी आसपासका स्थानियबासीलाइ स्तरीय मास्क सहित जरो नाप्नका लागि गन थर्मामिटर उपलव्ध गराएको छ । शुक्रवार सो प्रालिले संबन्धित टोलविकाश संस्थाका अध्यक्ष तथा पदाधिकारीलाइ तीन वडा टोलविकाश संस्थाका स्थानियबासीलाइ कम्तिमा ५ सय जति स्तरीय एवं सुरक्षित मास्क र एक थान गन थर्मामिटर सहयोग प्रदान गरिएको सो प्रलिका सिइओ हरी पाठकले बताएका छन् । त्यसैगरी अस्थाइ प्रहरी पोष्ट बेलझुण्डिका सुरक्षाकर्मिहरुलाइ पनि मास्क र ग्लोव प्रदान गरेको हो ।

प्रालिले कारखाना आसपासका लमही टोलविकाश संस्था, विश्वनाथ धाम टोलविकाश संस्था र भुइयारथान टोलविकाश संस्थालाइ प्रति घरपरीवार दुइवटाका दरले मास्क उपलव्ध गराइएको हो । यस अघि सो प्रालिले तुलसीपुर उद्योग वाणिज्यसंघ संगको समन्वयमा तुलसीपुरबासीलाइ मास्क, सेनीटाइजर र खाद्धान्न समेत राहत स्वरुप प्रदान गरेको थियो ।

घोराहीमा पनि सो प्रालिले खाद्धान्न लगायत जिल्ला विपत व्यवस्थापन समिति मार्फत स्वास्थ्यकर्मिहरुका लागि पिपिइ समेत उपलव्ध गराएको थियो । ‘मुलुक कोरोना भाइरसको संकटबाट गुज्रिरहेकावेला सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो, आवस्यकता परेको अवस्थामा फेरी पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’—सहयोग प्रदानगर्दै सिइओ पाठकले भने ।

आउंदो असार महिनामा सो प्रालिले कारखाना आसपासका सवै स्थानियबासीहरुलाई प्रतिघर दुइवटा फलफुलका विरुवा समेत उपलव्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार