बाँके र कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि सँगै संक्रमितको संख्या ४५७ पुग्यो

जेठ ०८, २०७७  |  १३४ पटक पढिएको  |   साक्षी खबर

८ जेठ, काठमाडौं / नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

बाँकेको नरैनापुर–३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा र कपिलवस्तु सद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार