दाङमा थप एक जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४५४ पुग्यो

जेठ ०८, २०७७  |  ४८७ पटक पढिएको  |   साक्षी खबर

८ जेठ, काठमाडौँ / दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा संक्रमितको संख्या ४५४ पुगेको छ । दाङ घोराहीका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी जिल्ला स्वास्थ्य कार्यालय दाङको सम्पर्कमा रहेको बताइएको छ ।

भरखरै यसअघि
नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ९ जना संक्रमित थपिएका हुन् । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन् । संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार