भारतबाट आएका तीन जना क्वारेन्टाइनमा

जेठ ०८, २०७७  |  २७९ पटक पढिएको  |   साक्षी खबर

– दिप्तिशिखा चौधरी
८ जेठ, दङ्गिशरण / दङ्गिशरण गाउँपालिकामा आज बिहिवार ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । दङ्गिशरण गाउँपालिका वडा नं. ६ का २१ वर्षका एक जना, वडा नं. ७ का २२ र २७ वर्षका दुई जना गरि तीन जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको दङ्गिशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरिले जानकारि दिए ।

क्वारेन्टाइनमा राखिएका उनीहरु मध्य एक जना भारतको गोआ र दुई जना उत्तर प्रदेशबाट आएका हुन । उनिहरु नाकामा अलपत्र अवस्थामा छन् भन्ने खबर पाएपछि पालिकाले एम्बुलेन्स मार्फत ल्याएर सिधै क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए ।

उनीहरु भारतबाट आएकाले विशेष सतर्कताका साथ ल्याएर क्वारेन्टाइनमा राखिएको अध्यक्ष चौधरीले बताए ।

साथै अध्यक्ष चौधरीले बाहिर देश अथवा जिल्लाबाट घर फर्कनेलाई सम्पर्कमा आउन आग्रह गरेका छन् । अहिले गाउँ पालिका स्थित विरेन्द्र मा.वि.मा रहेको क्वारेन्टाइनमा १ महिला र ४ पुरुष गरी ५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार