अन्तराष्ट्रिय कलाकार समाज(इनास)द्वारा सरकारलाई स्वास्थ्य सामाग्री प्रदान

जेठ ०६, २०७७  |  २६६४ पटक पढिएको  |   साक्षी खबर

६ जेठ, दाङ / सरकारलाई अन्तराष्ट्रिय कलाकार समाज (इनास)ले २ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । मन्त्रालय पुगेको इनास टोलीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रि नवराज रावत मार्फत सामाग्री प्रदान गरेका हुन् ।

सरकारलाई टोलीले एन–९५, मास्क सय थान, थर्मल गन १० थान, पीपीई सेट ५० थान र सर्जिकल मास्क दुई हजार थान गरी स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका हुन् । टोलीमा सहभागी इनास ग्लोबलका अध्यक्ष भगवति बस्नेतले महामारीका बेलामा सामाग्री अभावका कारण काम गर्न नसकिरहेका स्वास्थ्यकर्मीहरुलाई यस्ता सामाग्रीहरुले थोरै भएपनि राहत दिने बताइन् ।

ग्लोबलका कोषाध्यक्ष कुलराज थापाले यसलाई भावानात्मक सहयोगको संज्ञा दिए । यस्ता पहलले सबैको मनोबल उच्च राख्न सघाउने उनको भनाई थियो । नेपाल च्याप्टरका संयोजक दयाराम पाण्डेले सरकारलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्य रहेको उल्लेख गरे । टोलीमा इनास नेपाल च्याप्टरका सदस्य कल्पना आचार्य, इनासका सल्लाहकार प्रदिप बम्जन लगायतको सहभागीता रहेको थियो ।

नेपाली कलाकारहरुको हकहित स्थापित गर्ने र नेपाली कला र संस्कृतिलाई विश्व समुदायमा पुर्याउने उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ७४ वटा देशमा संगठित छ । यस संस्थाले विभिन्न विपद् र संकटका बेला सामाजिक काम समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार