बन्दाबन्दिका कारण रोकिएको चारलेन सडक निर्माण कार्य शुरु

जेठ ०६, २०७७  |  १६८६० पटक पढिएको  |   साक्षी खबर

– साक्षी खबर
६ जेठ, बिजौरी (दाङ) / राष्ट्रिय गौरवका योजना अन्तर्गत लमही—घोराही—तुलसीपुर चारलेन सडक निर्माण फेरी सुरु भएको छ । कोरोना संक्रमणसंगै राज्यले घोषणा गरेको लकडाउनका कारण निर्माण कार्य बन्द भएको करीव २ महिनापछि फेरी काम सुरु भएको हो । हेमन्तपुरको चौखोलामा धरापमा रहेका केहि घरलाई संरक्षणगर्नेगरी पर्खाल लगाउंदै काम सुचारु भएको निर्माण कम्पनीका स्थानीय प्रतिनिधि जनक डाँगीले बताएका छन् ।

‘ग्याविन वाल र माटो फिलिङका काम तत्कालै सुचारु गर्ने गरी काम सुरु भएको छ, स्थानीय मजदुरहरुलाइ परिचालन गरी योजनालाई गतिशिल बनाएका छौं’, भारतको मुम्बई स्थित तथ्य कन्स्ट्रक्सन एण्ड इन्फ्रा इन्स्ट्रक्चर प्रालिका स्थानीय प्रतिनिधि डाँगीले भने । संघीय सरकार र स्थानीय प्रशासनले तोकेको मापदण्ड बमोजिम सडक स्तरोन्नतिको काम भईरहेको पनि उनको अभिव्यक्ति थियो । सोमवारदेखि काम सुरु भएको उल्लेख गर्दै उनले बुधवारदेखि थप १० स्थानमा काम सुचारु हुने अभिव्यक्ति दिएका छन् । स्थानीय कामदारहरु भएकाले आवाशिय व्यवस्था आफ्नै घरमा हुने भन्दै श्रम ऐन अनुसार काम लगाइएको तथा कोरोनाको संक्रमणको अवस्थालाई पनि विशेष ध्यान दिइएको उनले बताए । ‘कामदारहरुले शारीरिक दुरी कायम गर्ने छन्, उनीहरुलाइ आवस्यक मास्क, ग्लोव र सेनीटाइजर कम्पनीले उपलव्ध गराइसकेको छ’— स्थानीय प्रतिनिधि डाँगीले भने ।

स्थानीय प्रशासनले पनि सामाजिक दुरी कायम गरेर मात्रै काम सुचारु गर्ने निर्देशन दिएसँगै सोही अनुसार काम सुचारु गरिएको पनि स्थानीय प्रतिनिधि डाँगीले बताएका छन् ।

मंगलवारसम्म दुई स्थानमा मात्र काम सुरु भएपनि बुधवारदेखि १० स्थानबाट काम सुरु हुने बताइएको छ । एक स्थानमा कम्तिमा १० जनालाई काम लगाउने गरी करिब एक सय मज्दुर चारलेन सडक निर्माणमा खटिने पनि कम्पनीले जनाएको छ । स्थानीय प्रशासनले पनि सामाजिक दुरी कायम गरेर मात्रै काम सुचारु गर्ने निर्देशन दिएसँगै सोही अनुसार काम सुचारु गरिएको पनि स्थानीय प्रतिनिधि डाँगीले बताएका छन् । यस अघि दैनिक दुइ हजार सम्म श्रमिकलाई काम लगाएको सो कम्पनीले लकडाउनको अवस्थामा भने थोरै स्थानीय तहकै श्रमिकहरुलाई जोखिम रहित अवस्थामा काममा लगाइने बताएको छ । ‘यसअघि दाङ बाहिरबाट पनि विभिन्न एजेण्ट मार्फत मजदुरलाई झिकाइएको थियो, तर अब स्थानीय तहकै मजदुरहरुबाट मात्रै काम सुचारु हुनेछ’— डाँगीले भने ।

सरकारले दिएको ३६ महिनाको समय सीमा अगावै काम सक्ने लक्ष्य लिएको निर्माण कम्पनीले बताएको थियो । यद्यपि विश्वमै कोरोनाको संक्रमणले विकाश निर्माणका लागि मजदुर लगायत आवश्यक कच्चा पदार्थको अभाव भएका कारण लक्ष्य अनुसार काम भने हुन नसक्ने पनि स्थानीय प्रतिनिधिको अभिव्यक्ति थियो । सो निर्माण कम्पनीले कालोपत्रे बाहेकका आधारभूत काम यसै वर्ष सक्ने जनाएको छ । सडक स्तरोन्नतिका लागि नदिजन्य पदार्थको संकलन गरी स्टक राख्नेकाम भैरहेको छ । तर नदिजन्य पदार्थबाट क्रसिङ गरी आवश्यक गिट्टि बनाउने काम भने अझै सुरु भएको छैन । सम्भवतः यो आर्थिक वर्षमा क्रसिङको काम नहुने पनि सो निर्माण कम्पनीले जनाएको छ ।

सरकारले राष्ट्रिय गौरवका योजना सन्चालन हुन दिने निर्णय गरेसँगै चारलेन सडक निर्माणको काम सुरु भएको हो । भारत सरकारको एक्जिम बैंकको आर्थिक सहयोगमा दाङ जिल्लामा लमहीदेखि तुलसीपुर सम्म चार लेन सडक निर्माणको काम सुरु भएको हो । यद्यपि भारत सरकारले दिएको बजेट अन्य शिर्षकमा खर्च गरिएपछि तोकिएको क्षेत्र सवै स्थानमा चारलेन सडक निर्माण भने हुने छैन । पहिलेको स्वीकृत योजना अनुसार घोराहीको कुइरेपानीको ववइ पुलबाट सुरु भएको चारलेन सडक सर्राचोक सम्म आउने छ । सर्रादेखि नारायणपुरको झारबैरा पेट्रोल पम्पसम्म भने चारलेन सडक हुने छैन । त्यहाँबाट खैरा चौक सम्म चारलेन सडक बन्ने छ । त्यसपछि दुधरासदेखि तुलसीपुर सम्म भने पुरै क्षेत्रमा चारलेन सडक निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार