अमेरिकन आईडलको उपविजेता दिवेश पोखरेल बन्न सफल

जेठ ०५, २०७७  |  १७१ पटक पढिएको

५ जेठ, काठमाडौं / नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको १८ औँ संस्करणको उपविजेता भएका छन् । उनी केही समय अघि उत्कृट पाँचमा पर्न घोषणा गरिएको थियो ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरेका हुन् । कुनै पनि नेपालीले यस किसिमको विश्व चर्चित रियालिटी सोमा यस अघि सो उपाधि पाएका छैनन् ।

यस अघि देवेश पोखरेललाई अमेरिकन आईडलको उपाधि दावेदारका रूपमा हेरिए पनि जस्ट साम नामकी अमेरिकी युवतीले जित्न सफल भएका छन् । अन्तिम प्रस्तुतिमा दुईबाट गीत गाउनु पर्नेमा दिवेशले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार