२०७९ माघ २१, शनिबार

आधारभूत तह तालिमको समापन

चैत्र १५, २०७५  | १६३० पटक पढिएको

– शरद रेग्मी
१५ चैत्र, दाङ / निजि विद्यालयका शिक्षक/शिक्षिकाहरुका लागि आयोजित ५ दिने आधारभूत तह तालिमको आज एक कार्यक्रमकाबिच समापन गरिएको छ । शैक्षिक तालिम केन्द्र तुलसीपुरको आयोजना तथा एन प्याव्सन दाङको व्यवस्थापनमा भएको तालिमको आज समापन गरिएको हो ।

शैक्षिक तालिम केन्द्र तुलसीपुरका प्रमुख उत्तम खनालको अध्यक्षता, एन प्याव्सन दाङका अध्यक्ष भिम बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता एवम् ज्ञान ज्योति फाउन्डेसनका सिओ सुरेन्द्र जिसिको विशिष्ट आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले तालिममा सकेका सिपहरुलाई व्यवहारमा उतार्ण आग्रह गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि वुढाथोकीले सरकारी तवरबाट निजि विद्यालयका शिक्षक शिक्षिकाहरुलाई तालिम प्रदान गरेको भन्दै खुशी व्यक्त गरे ।

त्यस्तै विशिष्ट अतिथि जिसिले तालिमले शिक्षक शिक्षिकाहरुलाई पठन पाठनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै जिसिले तालिमबाट बालबालिकाहरुलाई समेत लाभ मिल्ने अपेक्षा व्यक्त गरे । त्यसैगरि तालिम केन्द्रका प्रमुख खनालले निजि विद्यालयका शिक्षक शिक्षिकाहरु लाई धेरै भन्दा धेरै तालिम दिनका लागि सहयोग गर्ने बताए । समापनका अवसरमा रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, प्रशिक्षक कविराज डाँगी, प्रशिक्षार्थि फल्कुदत्त शर्मा लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा धन्यवाद उपाध्यक्ष भोजराज न्यौपानेले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस