कोरोनाको प्रभाव: ‘बतिलैमा बिके कागती’

बैशाख ३०, २०७७  |  ८३३ पटक पढिएको  |   साक्षी खबर

– साक्षी खबर
३० वैशाख, बिजौरी / तुलसीपुर उपमहानगरपालिका—१९को थानगाउँमा लटरम्म फलेका कागती पाक्न नपाउंदै बतिलैमा बिक्रि भैसकेका छन् । कोरोना संक्रमणको प्रतिरोधात्मक क्षमता बढाउन कागती सेवनको चर्चासंगै लकडाउनको करीव डेढ महिनाको अवधिमा कम्तिमा ६ क्वीन्टल कागती नपाक्दै विक्रि भएको सुर्य जैविक कृषि केन्द्र प्रालिका सन्चालक रामचन्द्र खड्काले बताएका छन् ।

खड्काले वि.सं. २०७४ सालदेखि थानगाउँमा करिव २२ कठ्ठा जग्गा लिजमा लिएर उन्नत जातको व्यवसायीक कागतीखेती गरेका थिए । उनले लगाएका हाइब्रीड जातका कागतीले ६ महिनामै फल दिन थालेका थिए । वर्षमा तीन पटक पाक्ने कागती स्थानीय कागती भन्दा धेरै रस भएका कारण बजार लैजान नपाउंदै बोटमै बिक्रिहुने गरेका थिए । नपाक्दै उपभोक्ताहरु कागती किन्न घरमै आउनथालेपछि उनलाई यो व्यवसायबाट केहि घाटा समेत भएको बताएका छन् । यो अवधिमा उनले जम्मा २६ क्वीण्टल कागती बिक्रि गरेको बताए ।

‘पाकेर बजारमा लगेर बेच्न पाएको भए प्रतिकिलो १ सय ५० रुपैयामा बिक्रि हुन्थ्यो, बोटमै नपाक्दै बिक्रि गर्दा एक सय बीस रुपैयामै बेच्नुपर्यो’—सञ्चालक खड्काले भने ।

एक/दुई किलो भनेर घरमै किन्न आउने उपभोक्तालाइ फर्काउन नमिल्ने भएकाले अहिले बोटमा फुल मात्र रहेको उनको भनाइ थियो । कागतीको बढ्दो मागसंगै उनले थप १० कठ्ठा जग्गा भाडामा लिएर आफ्नो व्यवसाय विस्तार गरेका छन् । हालसम्म ८० लाख रुपैया यो फार्ममा लगानी गरीसकेको बताउने खड्काले अब बेर्ना पनि कलमे बनाएर बेच्ने तयारीमा छन् । बजारमा कागतिको यतिधेरै माग भएको अवस्थामा अन्य बेरोजगार युवाहरुले पनि यो व्यवसाय गरुन भनेर बेर्ना तयार गर्न थालेको पनि उनको भनाइ थियो । स्थानीय सानो जातको कागती भन्दा यो कागतीमा कम्तिमा चारगुना बढि रस हुने बताउँदै उनले यसलाइ सलाद र अचारका रुपमा पनि उपयोग गर्न सकिने बताएका छन् । सञ्चालक खड्काले आफ्नो व्यवसायलाइ राज्यले कुनै अनुदान तथा सहुलियत ऋण सहयोग भने नदिएको बताए ।

बजारमा अर्गानिक बस्तुहरुको मागबढेसंगै उनले पनि अर्गानिक कागतीखेती सुरु गरेको बताए । बाँझो जग्गा भाडामा लिएर उनले गाइभैसीको जैविक मल प्रयोगगरी व्यवसायीक कागतीखेती सुरु गरेका हुन् । उनको कागतीवारीमा सिंचाइको पनि राम्रो सुविधा छ । कागतीले राम्रो फल दिंदै गएमा कागतीको जुस बनाएर समेत विक्रिगर्ने योजना सुनाए । तर यो अभियानलाइ कोरोनाले साथ दिएन । किनकि नपाक्दै कागती बिक्रिभएपछि जैविक कागतीजुस बनाउने उनको अधुरो योजना अर्को बर्षमात्र पुरा हुने बताएका छन् । कलमे बनाएर बेर्ना समेत बेच्ने गरेका उनले बजारमा भएको बेर्नाको मागलाइ समेत थेग्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार