२०७९ माघ १३, शुक्रबार

जनता विद्यापीठ पूर्व विद्यार्थी सम्मेलनको तयारी तीव्र

चैत्र १५, २०७५  | १५७३ पटक पढिएको

१५ चैत्र, तुलसीपुर (दाङ) / जनता विद्यापीठ बिजौरीमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनमा वर्तमान समयमा संस्कृत शिक्षाको आवश्यकता र महत्व शीर्षकमा कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

कार्यपत्र पूर्वीय दर्शनका व्याख्याता डाक्टर चिन्तामणि योगी र प्र्राध्यापक विष्णु देवकोटाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा पूर्व प्राचार्यबाट एकजना र पूर्व विद्यार्थीबाट एक जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । पूर्व विद्यार्थी समाजका अध्यक्ष विष्णु आचार्र्यको अध्यक्षतामा सम्पन्न भएको बैठकले स्मारिक प्रकाशन गर्ने निर्णय गरेको छ ।

चैत्र २२ र २३ गते आयोजना गरिएको कार्यक्रमलाई सम्पन्न गर्नका लागि मञ्च व्यवस्थापन, सचिवालय समिति गठन गरिएको छ । जनता विद्यापीठमा अध्ययन गरेका विद्याथी्र्रहरुमध्ये राजनीतिक वामपन्थी नेता मोहन वैद्य किरण, शिक्षातर्फ नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष लेखनाथ आचार्य, शिक्षाध्यक्ष नारायणकुमार आचार्य, कुलसचिव स्थानेश्वर गौतम, जगतप्रसाद उपाध्याय र शिक्षाविद्कारुपमा महादेव अवस्थी रहेको जनता विद्यापीठका प्राचार्य माधव अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी अनिता देवकोटा, यसोदा सुवेदी गुरुङ, रामकुमार ज्ञवाली हुनुहुन्छ । प्रशासनिक क्षेत्रमा सहसचिव बाबुराम गौतम छन् ।

सम्मेलनमा स्थानीय अभिभावकहरुसंग भेटघाट, चियापान कार्यक्रम आयोजना गरिएको प्रचार प्रसार समितिका सदस्य गोकर्ण पौडेलले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस