२०७९ माघ २६, बिहीबार

अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए

चैत्र १५, २०७५  | ११९३ पटक पढिएको

१५ चैत, काबुल / अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत भएका छन् ।

समाचार अनुसार घाज्नी प्रान्तको राजधानी शहर घाज्नीको बाहिरी इलाकामा रहेको प्रहरी चेकपोस्टमा तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित नौ जना प्रहरी अधिकृत मारिएका छन् । आक्रमणमा अरु छ जना प्रहरी घाइते भएका छन् ।

स्थानीय प्रशासनका अनुसार धेरै जना तालिबानी लडाकू समेत जवाफी कारबाहीमा मारिएका छन् ।

यसैगरी, उत्तरी बडाखासान प्रान्तमा भएको भिडन्तमा पाँच जना प्रहरी, दुई जना स्थानीय नागरिक तथा आठ जना तालिबानी लडाकू मारिएको अफगान सेनाका प्रेस अधिकृत हादी जमालेले बताउनुभयो ।

“बन्दुक र क्षेप्यास्त्र जडित ग्रिनेडबाट सुसज्जित तालिबानी लडाकूहरुले प्रहरी चेकपोस्टमा आक्रमण गरेका थिए । सुरक्षाफौजले आक्रमणकारीलाई लखेटेका थिए । उनीहरु जिल्ला प्रशासन कार्यालय नै कब्जामा लिने प्रयत्नमा थिए,” हादी जमालले बताउनुभयो ।

उक्त दुबै घटनाका बारेमा तालिबान र सरकारी पक्षको आधिकारिक भनाई सार्वजनिक भइसकेको छैन । रासस/सिन्ह्व

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस