२०७९ माघ १७, मंगलबार

देउखुरी पब्लिक स्कुलद्धारा खनाललाई सहयोग

चैत्र १५, २०७५  | ८६७ पटक पढिएको

देउखुरी/ आफुले पढाएको देउखुरी पब्लिक स्कुलले एक कार्यक्रमको आयोजना गरि सवारी दुर्घटनामा परि खुट्टामा गम्भीर चोट लागेका लमहीका दिपक खनाललाई एक लाख चौध हजार आर्थिक सहयोग गरेकोछ ।
स्कुलमा कार्यरत शिक्षक शिक्षिका तथा कर्मचारीले आप्mनो तलव भत्ताहरु कटाएर घाइते खनाललाई केहि सहयोग गरेको स्कूलका प्रवन्धक निर्देशक तथा प्रिन्सिपल भुमाण्डप के.सीले वताएका छन् ।
घाइते खनालको घरमै पुगी उपचारमा केहि टेवा पुग्ने भन्दै प्रिन्सिपल केसीले सहयोग गरेको वताएका थिए । स्कूलका शिक्षक तथा शिक्षिकाहरुको एक टोलि गई घाइते खनालको स्वास्थ्य स्थितीको वारेमा पनि वुझेको थियो ।
३२ वर्षिय खनालको गतवर्ष पुसमा विद्यालयवाट मोटरसाइकलमा घर तर्फ जादै गर्दा भारतिय गाडिले ठक्कर दिदा वायाँ खुट्टामा गम्भीर चोट लागेको थियो । अहिले पनि उनको उपचार जारी रहेको छ

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस