२०७९ माघ १७, मंगलबार

अस्पतालमा चमेना गृह निर्माण हुने

चैत्र १४, २०७५  | १२३३ पटक पढिएको

१४ चैत्र, तुलसीपुर (दाङ) / राप्ती आँखा अस्पताल परिसरमा चमेना गृह निर्माण हुने भएकोछ । अस्पताल परिसरमा निर्माण सुरुभएको चमेना गृहको एक कार्यक्रमकाबिच शिलान्यास गरिएकोछ ।

चमेना गृहको शिलान्यास नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरी र सहयोगी दाता नसरउल्ला खाँले संयूक्तरुपमा गरेका हुन् । समाजसेवि कृष्णनगर निवासी खाँ र हिरा शाहको सहयोगबाट चमेना गृह निर्माण हुने बताएकोछ । करिव रु ९ लाख लागतमा निर्माण सुरुभएको चमेना गृह ५ कोठाको हुने इन्जिनियर तिलक पन्तले जानकारी दिए ।

चमेना गृहको शिलन्यास गदै संघका सभापति कृष्णकुमार गिरीले अस्पतालका स्टाप र विरामीहरुका लागि चमेना गृह आवश्यक भएकोले निर्माण सुरुगरेको बताए । उनले चमेना गृह निर्माण संगै सहजता हुने पनि बताए । ‘हामीहरुले अस्पताललाई भौतिक साधान स्रोत यूक्त बनाउने अभियानमा जुटेका छौं सोही अन्तर्गत यो पनि एउटा सुरुवात हो’– उनले भने । चमेना गृह एकमहिना भित्र निर्माण सम्पन्न हुनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस