२०७९ माघ १३, शुक्रबार

रफिकोलको स्थापना दिवस

चैत्र १४, २०७५  | १५२७ पटक पढिएको

१४ चैत्र, तुलसीपुर (दाङ) / राप्ती विश्वासी बचत तचथा ऋण सहकारी संस्था (रफिकोल) को २२ औं स्थापना दिवस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेमन्तकुमार योगीको अध्यक्षता तथा संविधान सभाका सदस्य अनारकली मियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले यस क्षेत्रकै पुरानो सहकारी संस्थाको रुपमा परिचित रफिकोलले सानो सानो पुँजीलाई बचत गर्दै विभिन्न सामाजिक सेवामा पनि विभिन्न काम गरेको बताएका थिए ।

सहकारीमा दुई हजार २ सय ४४ शेयर सदस्यहरु रहेको र शेयर पुँजी एक करोड ९३ लाख ९१ हजार रहेको कोषाध्यक्ष हेमराज गौतमले जानकारी गराएका थिए । सहकारीमा १० करोड ८५ लाख बचत र विभिन्न व्यक्तिहरुलाई ७ करोड, ९१ लाख १८ हजार लगानि गरेको जानकारी गराएको थियो ।

स्थापना दिवसमा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सुरेन्द्रबहादुर खड्का, लेखा समितिका संयोजक शंकरदिवस मजगैया, सल्लाहकार माया भण्डारी, पूर्व सल्लाहकार श्रीधर शर्मा, संस्थापक तथा पूर्व सल्लाहकार महेशप्रसाद आचार्य, मेघराज केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष इन्द्रबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव विनोद पन्तले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस