२०७९ माघ २६, बिहीबार

दुइ दिने खानेपानी सुरक्षा योजना सम्बन्धि अभिमुखिकरण

चैत्र १४, २०७५  | १३७३ पटक पढिएको

१४ गते, शान्तिनगर/ शान्तिनगर गाउँ पालिकाका अध्यक्ष कमान सिङ्ग डाँगीले मानिस स्वस्थ हुन पानीको सुद्धीकरणमा ध्यान दिनु पर्ने वताएका छन । रोगसँग लड्न स्वस्थ पानीको आवश्यक रहेको भन्दै गतबर्ष शान्तिनगरमा फैलिएको झाडापखालाको स्मरण गराउदै अब त्यस्तो हुन नदिन उपभोक्ताहरुले स्वस्थ पानीमा ध्यान दिनु पर्ने कुरामा जोड दिएका छन । स्वास्थ्य कार्यालय दाङको आयोजना एबं शान्तीनगर गाउँ पालिकाको समन्वयमा वडा नम्बर एकको पेदिखोलामा भएको दुइ दिने खानेपानी सुरक्षा योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै यस्तो कुरा वताएका हुन ।

वडा नम्बर एकका अध्यक्ष जङ्गबहादुर पुनको अध्यक्षता एबं शान्तीनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यता र उपाध्यक्ष मिथिला शाहको बिशिस्ट आथित्यतामा सम्पन्न कार्यक्रममा नौ वटा खानेपानी समितिका २७ जनाको सहभागिता रहेको छ । दुई दिनसम्म संचालित अभिमुखिकरण कार्यक्रम को प्रशिक्षकमा शान्तीनगर स्वास्थ्य संयोजक हरि पुन र सह संयोजक घनश्याम पाण्डे र कुन्दन ठाकुर रहेको प्रेस संयोजक निराश पाण्डेले जनाक्एा छन ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस