२०७९ माघ २१, शनिबार

३ महिने सिपमुलक तालिम सुरु

चैत्र १४, २०७५  | २९८३ पटक पढिएको

– यमकला भुसाल
१४ चैत्र, तुलसीपुर (दाङ) / तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा बिहिवार देखि ३ महिने सिपमुलक तालिम सुरु भएको छ । सिटिइभिटी प्रदेश नं. ५ को सहयोगमा आयोजित तालिमको विहिवार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले एक कार्यक्रमकाबिच उद्घाटन गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखकराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले तुलसीपुर उपमहानगर भित्रका १९ वटै वडाका बेरोजगार व्यक्तिहरु सिपमुलक तालिम दिएर रोजगारी दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

अब समृद्धिको एजेण्डालाई ३ जटै तहका कर्मचारीलाई गति दिलाएको र विकासलाइृ तिब्र गतिमा लैजाने अभियान जारी रहेको उनले बताए । साथै उनले तुलसीपुर उपमहानगरपालिकालाई आउने दशकमा प्रावधिक शिक्षा केन्द्रको रुपमा स्थापित गर्न आफु लागी परेको समेत बताए ।
सो अवसरमा बाल्दै वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेले अब शैक्षिक बेरोजगारको अन्त्य हुने बताए । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक भोला प्रसाद पौडेलले गरेका थिए ।

हाउसवायरिङ्, कम्प्युटर रिपेरिङ जस्ता सिप सिकाएर स्थानीय स्तरमा रहेका विपन्न र बेरोजगार व्यक्तिहरुलाई स्वरोजगार बनाउने उद्देश्यले ३ महिले तालिमको आयोजना गरिएको जनाइएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस