२०७९ माघ १३, शुक्रबार

आगलागीमा २० लाखभन्दा बढीको क्षति

चैत्र १४, २०७५  | ८५६ पटक पढिएको

१४ चैत्र, इनरुवा / सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो ।

दमकल ढिलो पुगेका कारण आगलागीमा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले बताउनुभयो । हरिनगर गाउँपालिकामा दमकल नभएको र इनरुवाबाट दमकल आउन ढिलो भएका कारण समयमा आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष भगतले बताउनुभयो । घरमा आगलागी भएपछि जैन परिवार चिन्तित भएका छन् ।

कमाइ गरेर खाने एक मात्र साधनको रुपमा रहेको पसल पनि आगलागीमा परेर खरानी भएपछि पीडित परिवार चिन्तित छन् । स्थानीयवासी, प्रहरी, इनरुवा दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको बरुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस