बिजौरी उवासंघको आकस्मिक बैठकः ‘अति आवश्यक सामाग्री बिक्रीवितरण भए नभएको अनुगमन गर्ने’

चैत्र २२, २०७६  |  २७७ पटक पढिएको  |   साक्षी खबर

२२ चैत, बिजौरी / बिजौरी उद्योग वाणिज्य संघको आकस्मिक बैठक बसेको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बसेको बैठकले संघको कार्यक्षेत्र भित्र पर्ने स्थानमा नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यलय दाङले लकडाउन गरे सङ्गै अति आवश्यक सामाग्री बिक्रीवितरण भए नभए बारे अनुगमन गर्नका लागि एक उपसमिति गठन गरेको छ ।

अध्यक्ष प्रेमनाथ योगिको सम्योजकत्वमा ५ सदस्यीय बजार अनुगमन उपसमितिमा सदस्यहरु बालकृण्ण रेग्मी, बिदुर गौतम, रेश्मिराज खड्का र शिवराज केसी रहेका छन् । बैठकले जिल्ला प्रशासन कार्यलयले अनुमति दिएको अतिआवश्यक सामाग्री सहित मासु पसल पनि बिहान ६ बजे देखि ९ बजे सम्म खुलाउने निर्णय समेत गरेको छ ।

साथै यो लकडाउनको समयमा बिजौरी उद्योग वाणिज्य संघको कार्यक्षेत्र भरी व्यवसायिक भाडामा बसेका सँग भाडा नलिन घरमालिक सँग आग्रह समेत गरेको संघका महासचिव बिदुर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस