प्राध्यापक महराद्वारा राहतकोषमा एक लाख बढी रकम सहयोग

चैत्र २०, २०७६  |  २८९ पटक पढिएको  |   साक्षी खबर

– शरद रेग्मी
२० चैत, दाङ / तुलसीपुरका एक जना प्राध्यापकले कोराना राहत विशेष कोषमा एक लाख बढी रकम हस्तान्तरण गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले स्थापना गरेको कोरोना राहत विशेष कोषमा विरेन्द्र महराले बिहिबार एक लाख ५ हजार पाँच सय ५५ नगद सहयोग हस्तान्तरण गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हात्तिखौवा निवासी महराले विपद्को समयमा दुःखमा परेका विपन्न तथा समस्यामा परेका नागरिकका लागि एकद्वार प्रणालीमार्फत सहयोग गर्न राहत कोषमा रकम जम्मा गरेको बताए ।

उनले कोरोनाको महामारी फैलन नदिन पूर्व तयारी आवश्यक रहेको भन्दै राहत कोषले पनि विपद्को सहारा हुने विश्वास व्यक्त गरे । लामो समय शिक्षा क्षेत्रमा योगदान पुर्याएका महराले यो अभियानमा सबैको सहयोग आश्यक रहेको बताए ।

महराले आज उद्योग वाणिज्य संघका अध्यक्ष बिरु रावत र निवर्तमान अध्यक्ष बिमल रिजाललाई रकम हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा अध्यक्ष रावतले कोरोना राहत विषेश कोषमा रकम जम्मा गर्ने महरालाई धन्यवाद दिदै सहयोग गर्न सबैमा अपिल गरे । उनले स्थानीय सरकार र प्रशासनको समन्वयमा दुई स्थानमा सञ्चालन भएका क्वारन्टाईनमा उधोग बाणिज्य सघंले आबश्यक सामाग्रिहरु सहयोग गरेको बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष रिजालले विगतदेखि उद्योग वाणिज्य संघ विभिन्न समयमा विपदमा जुट्ने गरेको बताए । उनले जिल्लामा तिन महिनासम्म पुग्ने खाधान्न पर्याप्त रहेको भन्दै आवश्यकपरे उद्योग वाणिज्य संघले खाद्यान्न घुम्ति शिविर सञ्चालन गर्ने बताए । उनले राहतकोषमार्फत कोरोनाका कारण समस्यामा परेका नागरिकलाई सहयोग गरिने बताए ।

यता वाणिज्य संघले यो अभियानमा सहयोग गर्न सबैलाई अपिल गरेको छ । अध्यक्ष बिरबहादुर रावत र महासचिव रुपबहादुर खत्रिले विज्ञप्ति जारि गरि यो अभियानमा सबैको सहकार्य र हातेमालो आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस