‘कोरोनाको संक्रमण १९५ देशमा, अहिलेसम्म २४ हजार ६५ जनाको मृत्यु, अमेरिका सबैभन्दा धेरै प्रभावित मुलूक’

चैत्र १४, २०७६  |  ६६ पटक पढिएको  |   साक्षी खबर

१४ चैत, काठमाडौं / चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले १९५ देशलाई आफ्नो चपेटामा लिएको छ। अहिलेसम्म पाँच लाख २५ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । २४ हजार ६५ जनाको मृत्यु भइसकेको छ । एक लाख २३ हजार भन्दा धेरै संक्रमित ठिक भएर घर फर्किएका छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा ठूलो संख्यामा मानिसहरु बेरोजगार भएका छन् । अमेरिकाको श्रम विभागका अनुसार ३३ लाख मानिसले बेरोगारका रुपमा आफ्नो रजिस्ट्रेशन गराएका छन् । अमेरिकी इतिहासमा बेरोजगारी दलको यो सबैभन्दा ठूलो तथ्यांक हो ।

अमेरिकामा ८२ हजार १ सय ७९ जना संक्रमित भएका छन् । यो तथ्यांक चीन भन्दा पनि धेरै हो । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । यहाँ एक दिनमा १५० जनाको मृत्यु भएको छ भने करिव १४ हजार नयाँ केस देखिएका छन् ।

अमेरिकामा अहिलेसम्म १ हजार १ सय ७७ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा न्युयोर्क कोरोना भाइरसको इपीसेन्टर बनेको छ । न्युयोर्कमा अहिलेसम्म २ सय ८१ जनाको मृत्यु भइसकेको छ भने २१ हजार ८ सय ७३ संक्रमित भएका छन् ।

उता टर्कीमा बिहीबार कोरोना भाइरसका कारण १६ मृत्यु भएको छ । टर्कीमा अहिलेसम्म ७५ जनाको मृत्यु भइसकेको छ । टर्कीमा संक्रमितको संख्या ३ हजार ६ सय २९ पुगेको छ ।

उता चीन सरकारले शनिबार (मार्च २८) देखि अन्य मुलुकसँगको आफ्नो सीमा बन्द गर्ने भएको छ । कोरोना भाइरस फैलिनबाट रोक्न चीनले यो कदम उठाएको हो ।

गत वर्ष डिसेम्बरमा चीनका वुहान सहरबाट कोरोना भाइरस फैलिएको थियो । सीमा बन्द कहिलेसम्म हुन्छ भन्ने कुनै स्पष्ट छैन । चीनमा अहिलेसम्म ३ हजार २ सय ८७ जनाको मृत्यु भइसकेको छ भने ८१ हजार २ सय ८५ जना संक्रमित भएका छन् ।s. dcnepal.com

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार