“लक डाउनको पालना नगर्नेलाई कानुनि कारवाहि हुन्छ” – अध्यक्ष सुवेदि

चैत्र १३, २०७६  |  ६० पटक पढिएको  |   साक्षी खबर

– तिर्थराज ज्ञवाली
१३ चैत, पाखापानी (देउखरी दाङ) / सरकारले विरामीको निशुल्क चेकजाँच गर्दै सावधानी अपनाई रहेको अवस्थामा सरकारको अनुरोधलाई नमान्ने जोकोहिलाई लक डाउन उलंघन गरेकोमा कानुनी कारवाही हुन सक्ने हुदा घरमै बसी रोगको संक्रमण बाट बच्नु उपयुत्त हुने दाङ जिल्लाको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले बताएका छन् ।

अध्यक्ष सुवेदिले सरकारको नियम, कानुन नमानेर कोरना भाईरसको जोखीम वृद्धि गर्न अनावस्यक खुला रुपमा हिँडडुल गर्नेलाई विहिवारदेखी थप कडाई गरिने र बन्द कारवाहि समेत हुन सक्ने प्रशासन संगको छलफल भएको समेत बताएका छन् । सरकारको लकडाउनको पालना नगरि राप्ती क्षेत्रको मुख्य तथा सहायक रोडमा अनावस्यक हिड्नेलाई प्रहरीले नियन्त्रणमा लिई चेतावनि स्वरुप सवारी साधन नियन्त्रण तथा कार्वाहि गर्ने निर्देशन गरिएकोले विनाकाम घर बाहिर हिडडुल नगर्न सबैमा अनुरोध गरेका हुन् ।

अध्यक्ष सुवेदिले यो कुनै राजनैतिक पार्टि विशेषले लकडाउन नगरेर विश्वव्यापी कोरना संकटबाट बच्न र बचाउन बन्द गरिएकोले आफ्नो र अरुको स्वास्थ्य रक्षाको लागि बानि ब्यबहारमा परिवर्तन ल्याउन सबैमा अनुरोध गरेका हुन् ।

पछिल्लो समयमा हाम्रो देशमा पनि कोरना प्रभावित बिरामी भेटिन थालेकोले अब बच्ने उपायहरुको पालना गर्दै आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुशासीत हुनु आवस्यक रहेको अध्यक्ष सुवेदिले बताएका छन् । परिवारको सदस्यले के गरिरहेको छ र कता हिड्दैछ भन्ने वारे घरपरिवारले समेत चासो राखी आफ्ना परिवारजनलाई कोरना संक्रमणबाट बच्न र बचाउन पहल समेत गर्नु आवश्यक रहेको सुवेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार