सरकारको निर्देशन पालना गर्न पूर्वप्रधानमन्त्री नेपालको अपिल

चैत्र १३, २०७६  |  १०९ पटक पढिएको

१३ चैत, काठमाडौँ / पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल गरेका हुन् ।

“कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन सबैमा अपिल गर्दछु”, नेपालले भनेका छन्, “सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्र बस्न र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्णय एवं निर्देशनलाई पालना गर्न आह्वान गर्दछु ।” रासस

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार