गाउँपालिकाद्वारा आज देखि २१ गते सम्म अत्यावश्यक काम बाहेक अन्य सम्पुर्ण कामकाज बन्द

चैत्र १०, २०७६  |  ४३ पटक पढिएको  |   साक्षी खबर

– निराश पाण्डे
१० चैत, शान्तिनगर / शान्तिनगर गाउ पालिकाको कार्यालय चिराघाटले चैत्र १० गते देखि २१ गते सम्म अत्यावश्यक काम बाहेक अन्य सम्पुर्ण कामकाज बन्द गरिएको जनाएको छ ।

कोरोना भाइरस विश्वव्यापी समस्याको रूपमा देखिएको भन्दै सबै नागरिक हरुलाइ साबधानी अपनाउन समेत आग्रह गरेको छ । साथै शान्तिनगर गाउँ पालिकाले कोरोना भाइरसको ज्वरो चेकजाका लागि वडा नम्बर एकको खिलतपुर, तिनको पातेटाकुरा र सातको खैरेनिमा हेल्थ डेस्क स्थापना गरेको छ ।

आइतबार सम्म आठ हजार बढिको ज्वरो चेकजांच गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार