राप्ती आँखा अस्पतालमा हेल्प डेष्क स्थापना

चैत्र ०९, २०७६  |  १८१ पटक पढिएको

९ चैत, तुलसीपुर / विश्वव्यापी कोरोना भाइरसको संक्रमण फैलिएको बेला नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले आइतवार देखि हेल्प डेष्क स्थापना गरेको छ । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादरुगञ्ज अन्तर्गत सञ्चालीत राप्ती आँखा अस्पतालले कोराना भाइरसको रोकथाम र सुरक्षा अपनाउनका लागि आँखा अस्पतालहरुमा सहायता कक्ष स्थापनाका साथै त्यसबाट बच्ने उपायहरु अबलव्न गरिएको आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिएका छन् ।

संघद्वारा सञ्चालित राप्ती आँखा अस्पतालमा चेकजाँचका लागि आउने सवै विरामीहरुलाई गेटमा इनफ्रारेड लेजर थर्मोमिटरबाट ज्वरो चेकजाँच, सावुन पानीले हात धुन सिकाउनुका साथै कोराना संक्रमणबाट बच्ने उपाएको बारेमा सचेतना दिएर मात्र सेवा बिरामीहरुलाई सेवा प्रदान गरेको अस्पतालका मे. सु. डा सुरेश रसाइलीले जानकारी दिए । अस्पतालमा आउने सबै बिरामीहरुको लेजर थर्मोमिटरबाट ज्वोरो चेकजाँचका साथै त्यसबाट बच्ने उपायको बारेमा हेल्प डेष्कमा सचेतना दिइने गरेको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए ।

हेल्प डेष्कको सुभारम्भ गर्दै अस्पतालले जोखिमलाई न्यूनिकरण गर्न सबै लाग्नुपर्ने र अस्पतालमा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीहरुलाई माक्सको प्रयोग अनिवार्य गर्ने गराउने निर्णय समेत भएको छ ।

त्यसैविच आँखा अस्पतालले हाल देखिएको कोरोना (१९) कोरोना भाइरसको संक्रमणलाई न्यूनिकरण तथा रोकथाम गर्न नेपाल सरकरबाट एकपटकमा २५ जना भन्दा बढी मानिसहरु जम्मा नहुन निर्देशन आइसकेकोको अवस्थामा आँखा अस्पतालले पनि उक्त संक्रमणलाई रोकथाम तथा न्यूनिकरण गर्न हेल्प डेष्कको माध्यमबाट सूचना प्रवाह गरी आँखामा अत्याधिक मात्रामा दुखाई भएमा, आँखा रातो भएमा र कचेरा लागेमा, आँखामा गम्भिर प्रकारको चोटपटक लागेमा, आँखाको शल्यक्रिया पश्चातको फ्लोपमा जानु पर्ने भएमा र अचानक दृष्टि कम भएको अवस्था बाहेक आँखाको अन्य चेकजाँचका लागिको लागि जोखिम कम भए पश्चात मात्र अस्पताल आउनहुन सूचनाबाट जानकारी गराएको वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार