साक्षीमा तीन बहस

चैत्र ०६, २०७६  |  १९१ पटक पढिएको  |   साक्षी खबर

साक्षीमा हामीले ३ बहस स्तम्भ तयार पारेका छौँ । यस स्तम्भमा हामीले तीन फरक क्षेत्रका व्यक्तिहरुसँग गरिएको कुराकानी प्रस्तुत गर्दछौं । प्रस्तुतिः उदीराम चौधरी

 

भुवन चौधरी, थारु कल्याणकारीणी सभा दाङको अध्यक्ष हुनुहुन्छ । थारु संस्कार, संस्कृति र परम्परालाई कसरी संरक्षण गर्न सकिन्छ जस्ता विषयमा चौधरीसँग गरिएको बहस प्रस्तुत छ ।

१. थारु कल्याणकारीणी सभामा किन आउनुभयो ?
– नेपालको राजनैतिक तथा सामाजिक संरचनाको कारणले उत्पीडनमा परेका वर्ग र समुदायको उत्थान, विकास र समृद्धि लागि, यो वर्ग र समुदायको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक रुपान्तरण र जागरणका लागि थारु कल्याणकारिणी सभामा मेरो उपस्थितिको आवश्यकता रह्यो । यसकारणले गर्दा म थारु कल्याणकारिणी सभामा आएको हुँ ।

२. थारु संस्कृति र परम्परालाई कसरी संरक्षण गर्न सकिन्छ ?
– हामीले सांस्कृतिक जागरण, रुपान्तरण र विकासको मुद्धालाई प्राथमिकताका साथ अगाडी सार्न खोजेका छौं । सांस्कृतिक विकासको आयामले ंहाम्रो मौलिक संस्कृतिलाई विश्व बजारमा ल्याउँछ । हाम्रो संस्कृतिको महत्वको बारेमा जनमानसमा बुझाउन जरुरी छ । हाम्रो संस्कृतिलाई यूवा पुस्तामा हस्तान्तरण गर्न जरुरी छ । हरेक थारु गाउँमा थारु संस्कृति संग्रहालयको रुपमा बसिरहेको छ । यसलाई उठाएर बजारसम्म हिडाउनु पर्ने देखिन्छ ।

३. थारु संस्कृतिलाई संरक्षण गर्न सरकारले के गर्नुपर्ला ?
– सरकारले थारु संस्कृतिलाई राष्ट्रको अमुल्य गहनाको रुपमा आत्मसात गरी सांस्कृतिक विकास र रुपान्तरणमा सहयोग गर्नुपर्छ । यसको लागि पर्याप्त मात्रामा योजना, कार्यक्रम तथा बजेटको व्यवस्था गर्नु पर्छ साथै सरकारले यो संस्कृतिको बजारीकरण गर्नमा सहयोग गर्नु पर्छ ।

””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””’

दिपा रावत, जनता विद्यापीठ बिजौरीमा आयुर्वेद अध्ययन गर्दै हुनुहुन्छ । कविराज (ए.एच.ए) तेस्रो वर्षमा अध्ययनरत रावतसँग आयुर्वेदका समस्यालगायतका विषयमा गरिएको बहस प्रस्तुत छ ।

१. आयुर्वेद नै किन रोज्नु भयो ?
– आयुर्वेदको माग अनुसार यसमा जनशक्तिको कमी रहेको छ । रोजगारी पाउने अवसर पनि धेरै मात्रामा रहेकोले आयुर्वेद पढ्न आएको हुँ । आफ्नै देशमा रहेका महत्वपूर्ण जडिबुटीहरुको अध्ययन र सदुपयो गरी आत्म निर्भर हुनका लागि आयुर्वेद नै रोजेकी हुँ । घरेलु उपचार पद्धतीद्वारा नै दीर्घकालीन रोगहरुको उपचार गर्न सहज हुनाले यो विषय रोजेकी हुँ ।

२. अध्ययनको क्रममा केही समस्या देखिएका छन् ?
– हामी टाढाबाट पढ्न आउने विद्यार्थीहरुका लागि क्याम्पसले छात्रावासको व्यवस्था गरिदिए धेरै राम्रो हुन्थ्यो । पढाई अनुसारको प्रयोगत्मकमा व्यवस्थापन गर्न गाह्रो हुन्छ । औषधद्रव्यहरुको अध्ययन गर्नको निम्ति टाढा भ्रमणको रुपमा जानुपर्छ । विद्यार्थीहरुलाई प्रयोगात्मक गर्न क्याम्पसले आफ्नै जग्गामा आवश्यक जडिबुटीहरु उपलब्ध गराइदिए अझ सहज हुन्थ्यो ।

३. आयुर्वेद पढेर के गर्ने योजना बनाउनु भएको छ ?
– आयुर्वेद औषधद्रव्यहरुको पहिचान गरी औषधद्रव्यद्वारा आयुर्वेद पद्धति अनुसार नै बिरामीहरुको सेवा गर्न चाहन्छु । एएचए पढेर आत्म निर्भर हुनुका साथै आयुर्वेदलाई विश्वमा चिनाउने पहल गर्नेछु । लोप हुँदै गरेका औषधद्रव्यहरुलाइै बोटाकिल गार्डेन बनाएर औषधी निर्माणमा सहयोग पु¥याउने सोच बनाएकी छु ।

””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””’

रोशन रत्गैया, विगत ९ वर्षदेखि गीत संगित क्षेत्रमा क्रियाशील रत्गैया थारु र नेपाली दुवै भाषामा गीत गाउनुका साथै मोडलिङ समेत गर्दै आउनु भएको रत्गैयास“ग गरिएको बहस प्रस्तुत छ ।

१. संगित क्षेत्र नै किन रोज्नुभयो ?
– संगित, गायन, नृत्य र बाध्यबादनको समिश्रण हो जसले प्राणीलाई मनोरन्जन सहित आनन्दित तुल्याउँछ । संगित समाजको ऐना पनि हो । समाजको चित्रण गर्न या समाजको रहनसहन, कला संस्कृति संगितबाट झल्किन्छ । त्यसैले सानैबाट संगितमा रुचि भएर पनि होला समाजको ऐना बन्न मन लागेर संगित क्षेत्र नै रोजे ।

२. गायन र मोडलिङमा कुनलाई बढी महत्व दिनुहुन्छ ?
– गायन, मोड्लिङ, बाध्यवादन, संगित संयोजन, निर्देशन वा अन्य सांगितिक प्राबिधिक पाटोहरु जम्मै महत्वपूर्ण छन् । म सानैदेखि गीत गाउने गर्थे । अहिले अडियो मात्रै सुन्ने जमाना छैन, भिडियो हेर्न चाहनुहुन्छ दर्शकहरुले । अहिले भिडियोको अर्थात मोडलिङ या अभिनय पनि उत्तिकै महत्वपूर्ण छ । मैले गायनसँगै मोडलिङ पनि गरिरहेको छु तर मैले गायनलाई नै महत्व दिन्छु ।

३. संगित क्षेत्रमा देखिएका विकृतिलाई कसरी हेर्नु भएको छ ?
– अहिले संगित धेरै फराकिलो हुँदै गएको छ । पहिले नेपालमा आफ्नै खालको लोक संगित बढी चल्तिमा थियो । अहिले पश्चिमेली मुलुकका हिपहप, ज्ययाज, रक म्युजिक पनि उत्तिकै हाबी हुँदै गैरहेको छ । यसलाई बिकृति भनौ या परिवर्तन, तर शब्द रचना गर्दा वा गाउँदा छाडा शब्दहरु या समाजलाई नपच्ने शब्दहरु पनि गीतमा सुनिनु गलत कुरा हो । अनि भिडियोमा पनि प्रस्तुतीकरण गर्दा ड्रेस अपमा ध्यान पुर्याउनुपर्छ । यी यस्ता विकृति चाहिँ हटाउन जरुरी छ

प्रतिक्रिया दिनुहोस