२०७९ माघ १३, शुक्रबार

दीपिकाको नयाँ लुक्स ‘छपाक’ यस्तो देखियो !

चैत्र १२, २०७५  | ११९८ पटक पढिएको

– एजेन्सी/ मेघना गुलजारको निर्देशनमा बन्न लागेको फिल्म ‘छपाक’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री दीपिका पादुकोण प्रस्तुत छिन् । यो फिल्ममा उनी एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको रोलमा देखिनेछिन् । दीपिकाको लुक्सले धेरैलाई निःशब्द बनाएको छ ।

‘छपाक’ मा दीपिकाले आफ्नो करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका निभाउन लागेको बताएकी छन् । फिल्ममा उनको चरित्रको नाम ‘मालती’ छ । सार्वजनिक पोस्टरमा दीपिकालाई सजिलै चिन्न गाह्रो हुन्छ । उनी हुबहु लक्ष्मी अग्रवालजस्तै देखिएकी छन् । पोस्टरमा उनी एक शिशाको अगाडि उभिएकी छन् ।

फिल्म ‘छपाक’ १० जनवरी २०२० मा रिलिज हुनेछ । दीपिकाको यो फिल्मलाई अहिलेदेखि नै सुपरहिट भन्न थालिएको छ । फ्यान मात्र नभएर उनको लुक्सले बलिउड सेलिब्रेटीलाई समेत हैरान बनाएको छ । वरुण धवन र ज्याकलीन फर्नान्डिजले उनको लुक्स मन पराएका छन् ।

‘छपाक’ एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जिन्दगीमा बेस्ड छ । लक्ष्मीमाथि सन् २००५ मा एक व्यक्तिले एसिड फ्याकेका थिए । उनीमाथि यो हमाला यसकारण भएको थियो कि, उनले उक्त व्यक्तिसँग विवाहको प्रपोजल नकारेकी थिइन् । एसिड आक्रमण भएपछि लक्ष्मीको अनुहार पूरै खराब भएको थियो ।

‘छपाक’ मा विक्रान्त मेसीको पनि प्रमुख भूमिका रहनेछ । यो फिल्ममा दीपिका अभिनेत्रीसँगै निर्मात्रीको रुपमा पनि छिन् । गएको केही महिनादेखि फिल्मको पूरा टिम स्क्रिप्ट अध्ययनमा व्यस्त थियो । गएको वर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी दीपिकाको पछिल्लो फिल्म ‘पद्मावत’ हो । फिल्मीखबरबाट

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस