२०७९ माघ १३, शुक्रबार

ऋषि धमला दम्पत्तिद्वारा रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तलीलाई ३ लाख सहयोग

चैत्र १२, २०७५  | ११६९ पटक पढिएको

१२ चैत्र, काठमाडौं / ‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔँ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ भन्ने मूल नारा बोकेर धुर्मुस–सुन्तली फाउण्डेसन कुदिरहेको छ ।

पछिल्लो समय सामाजिक अभियानमा निकै सक्रिय रहंदै आएका धुर्मुस–सुन्तली पछिल्लो योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला रहेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनद्धारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सहयोगी हातहरु निकै बढीरहेका छन् ।

त्यसैक्रममा पत्रकार ऋषि धमला र उनकी धर्मपत्नी नायिका एलिजा गौतमले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

धमलाका दाम्पतीले थप २ लाख सहयोग गर्ने घोषणा गरेका छन् । यस सहयोग र यस अभियानमा जोडिएकोमा एलिजा गौतम र ऋषि धमला ज्यूलाई हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्न चाहन्छौं ।

साथै नायिका एलिजा गौतमलाई जन्मदिनको लाखौं लाख शुभकामना पनि फाउन्डेसनले दिएका थिए । सोमबार काठमाडौंमा रहेको ‘धुर्मुस–सुन्तली’ फाउन्डेसनको कार्यालयमै पुगेर धमला दम्पतीले सो रकम हस्तान्तरण गरेका हुन् ।

नायिका गौतमको जन्मोत्सवको अवसर पारेर उक्त रकम सहयोग गरिएको पत्रकार ऋषि धमलाले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हामीलाई चाहिएको छ, यो आवश्यकताको विषय हो ।

‘चितवनमा धुर्मुस–सुन्तलीले जुन किसिमको साहस देखाएर निर्माण कार्यमा जुट्नुभएको छ, यो गौरवको विषय हो,’ धमलाले भने, यो आफैंमा पुण्य काम हो, हामी सबै नेपालीले दिल खोलेर सहयोगी हात अघि बढाउनुपर्छ, यो राष्ट्रको गौरवको विषय हो ।’

धुर्मुस–सुन्तलीले पत्रकार धमला दम्पतीको सहयोगले आफूहरूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस