बॉलीवुडका मिस्टर परफेक्शनिस्टआमिरको ५५ औँ जन्मोत्सवः ‘सुपरहिट देखि ब्लाकबस्टर’सम्मलाई नियालेर हेर्दा

चैत्र ०१, २०७६  |  १८८ पटक पढिएको

ऐजन्सी /

१ चेत्र, काठमाडौँ / बॉलीवुडका मिस्टर परफेक्शनिस्ट अर्थात् आमिर खान आज आफ्नो ५६ औँ जन्मोत्सव मनाउँदै छन् । आमिर खान ३२ वर्षदेखि बॉलीवुडमा राज गरिरहेका छन् । आफ्नो तीन दशकको करियरमा उनले धेरै अचम्मका रेकर्ड कायम गरेका छन् । विशेष गरी आमिर खान आफ्नो फिल्मको शान्दार च्वाइसका लागि चिनिने गर्दछन् । उनी जुन फिल्मलाई चुन्छन् त्यो फिल्मको पात्रमा फिट रहन र त्यसलाई अपनाउन उनी जे पनि गर्न तयार रहने गर्दछन् । सायद यही कारण भएर होला उनलाई बलिवुडको मिस्टर परफेक्शनिस्टको टैग समेत मिलेको छ । उनको जन्मोत्सवको अवसरमा हामी तपाईहरुलाई जानकारी गराउन गइरहेका छौँ कि उनका केही फिल्मका बारेमा जुन फिल्मले बाँक्स आँफिसमा तहल्का मच्चाएका थिए र कयौँ धमाकेदार रेकर्ड समेत बनाएका थिए ।


आमिर ले हुन त चाइल्ड आर्टिस्ट बाट नै १९७३ मा इन्ट्रि लिइसकेका थिए । तर एक्टरकै रुपमा भने पहिलो फिल्म उनको ‘कयाम से कयामत तक’ १९८८ आएको थियो । आमिरको पहिलो फिल्मले नै धमाका मच्चाएको थियो । त्यतिखेर यो फिल्मले ४.९ करोडको व्यापार गरेको थियो ।

यो पछि आमिर खानलाई जबरदस्त स्टारडम १९९६ मा आएको फिल्म राजा हिंदुस्तानीबाट मिलेको थियो । यो फिल्मले ५० करोडको कलेक्शनका साथै बाँक्स आँफिसमा सुपरहित भएको थियो ।

त्यतिखेर यस्तो समय पनि थियो जब आमिरले रंगीला, अकेले हम अकेले तुम, राजा हिन्दुस्तानी, इश्क, ग़ुलाम, अर्थ, सरफ़रोश जस्ता लगातार सातवटा हिट फिल्म दिएका थिए । अन्दाज अपना अपना जस्ता फिल्म फ्ल्प भएपछि आमिर खान मिस्टर परफेक्शनिस्ट भइसकेका थिए । उनी आफ्नो पछिल्लो फिल्मको पात्रलाई दोहोर्याउँदैन थिए ।


फिल्म सरफरोशको औसत कमाई पछि आमिर खानको ब्लाँकबस्टर फिल्मको शिलशिला सुरु हुन लाग्यो लगानबाट । २००१ मा आमिर ख़ानले इतिहास रचे । जब उनको फिल्म लगानलाई ओस्करको लागि चुनियो । यो फिल्मले बाँक्स आँफिसमा ५० करोड भन्दा पनि बढी कमाई गरेको थियो ।

पछि पनि आमिरले निराश बनाएनन् । उनले रंग दे बसंती, फ़ना, तारे ज़मी पर जस्ता फिल्म दिएर सावित गरे कि उनी साँच्चिकै अरु अभिनेता भन्दा भिन्दै छन् भनेर । उनको फिल्म ‘रंग दे बसंती’ले १११ करोड़को साथै ब्लॉकबस्टर पनि रहेको थियो ।

आमिर एक पछि एक हिट फिल्म दिइरहेका थिए र उनले २००८ देखि बाक्स आफिसमा रेकर्ड बनाउने एउटा परम्परा समेत बसाइदिए । त्यतिखेर उनको फिल्म ‘गजनी’ले १२० करोडको व्यापार गरेको थियो ।

यसका साथै उनको २००९ मा आएको फिल्म थ्री इडियट्सले त झन् ३९२ करोडको  व्यापार गरेको थियो । यो फिल्ममा आमिर खानले ४४ वर्षको उमेरमा एउटा कलेज विद्यार्थीको पात्र निभाएर सबैलाई अच्चमित बनाएका थिए ।

२०१३ मा आएको आमिरको अर्काे फिल्म ‘धुम ३’ले बॉक्स ऑफिस मा ठुलो धमाका मारेको थियो । धुम फ्रेँचाइजीको तेस्रो फिल्मले ५०० करोड को व्यापार गरेको थियो । यो फिल्ममा पनि आमिर खान एकदमै फरक लुकसमा नजर आएका थिए ।

२०१४ मा आएको फिल्म ‘पीके’लाई धार्मिक भावनाहरुलाई भडकाउने आरोप लागेको थियो । तर पनि यो फिल्म रुचाउने वालाहरुको पनि कमि थिइन् । यो फिल्मको कमाई आजसम्म ९०० करोड (टिवी राईट्स र सिने राईट्स) भन्दा पनि बढी भइसकेको । र यो फिल्मले आमिरलाई बाँक्स आँफिसको सबैभन्दा कमाऊ स्टार बनाइ दिएको छ ।

आमिरको फिल्म ‘दंगल’ले त झन अच्चमै गरिदियो । भारतको साथै यो फिल्मले त विदेशी बाँक्स आँफिसमा पनि ताबड़तोड़ व्यापार गर्यो । यो फिल्मले बॉक्स ऑफिसमा ७०० करोडको कलेक्शन गरेको थियो ।

भर्खरै मात्र आमिर खानको ‘ठग्स ऑफ हिंदोस्तान’ २०१८ मा रिलिज भएको थियो । सबैलाई अच्चमित पार्दै नराम्रोसँग फ्लाँप भयो । अहिले आमिर खान अब आउने फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङ्गमा व्यस्त छन् । यो फिल्म एउटा हलिवुड फिल्म फोरेस्ट गंपको रिमेक हो । s. बालिवुड समाचारबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार