बजारमा कोरोना जुस…..

चैत्र ०१, २०७६  |  ६०२ पटक पढिएको

काठमाण्डौ, ०१ चैत्र ।

हामी चौधजना काठमाण्डौको कांडाघारीस्थीत सनसिटि एपार्टमेण्टमा पुग्दा सांझको ८ बजेको थियो । वाह्रौतलाको अपार्टमेण्टमा पुग्नुअघि गेटमा हामीहरुले नाम दर्ता गराइपनि खवर आयो, लिफ्टमा चढाएर वाह्रौंतलामा आउने । लिफ्टको ढोका खुल्दा हामीलाइ स्वागत गर्न आफन्त केशवराज पौडेल मुखमा मास्क सहित देखिनुभो ।

‘ल तिमिहरु आइपुग्यौ, सवैले कम्तिमा ३० सेकेन्ड लगाएर सावुनपानीले हात धुने, रेष्टरुम यो हो’ पौडेलको आग्रहसंगै हामी पालैपालो त्यसै गयौं । खासमा हामीहरु विहेको सेलिब्रेशनमा त्यहां पुगेका थियौं । चौध जनामा एकजनाले मात्रै मास्क लगाएका थिए, कोरोनाबाट जोगिन । दाङमै मास खोजेपनि पाइएन । हातखुट्टा धोइवरी हामी डाइनिङ रुममा पस्यौं । खाना खानुअघि आफन्त पौडेलले भन्नुभो, पहिले कोरोना जुस अनि खाना..।
कोरोना जुस्.. हामी केहि कन्फ्युज भएका थियौं । तर यो धेरै टिकेन । डाइनिङ टेवलमा आयो, एउटा दुइ लिटरको ड्युटिफ्रि लेभल । चौधमा ७ जनाले सहजै ग्रहण गयौं, कर गरेपछि बांकि ६ जनाले । नपिउने एक जना मात्रै । भलाकुसारी भैरहंदा सिएनएनमा एउटा समाचार आयो, इजिप्टले कोरोना भाइरसकै कारण संपुर्ण बोर्डर शिल गरेको छ । विश्वका सर्वशक्तिमान मुलुकहरुको अर्थतन्त्र धरासायी उन्मुख हुंदै छ । तर हामीले समाचार हेर्दैगर्दा आफन्त पौडेलले ढाडस दिइरहनुभएको थियो, हामीले कोरोना जुस पिइरहेका छौं, कोरोना भाइरसले सामिप्यता गास्न सक्दैन ।
विहान ७ बजे हामी अपार्टमेन्टबाट वाहिर सडकमा निस्किएका थियौं । बजार सन्नाटाजस्तै थियो । केहि चिया पशलमा मात्र मान्छे मास्क लगाएरैपनि चुरोट पिइरहेका थिए । चियाभन्दा पनि चुरोटको स्वादमा उनीहरु कोभिड—१९कै सेरोफेरोमा गफिएका थिए । बांच्ने कसरी भन्ने विषयमा उनीहरुको वहश चलिरहेको देखिन्थ्यो । कोरोना भाइरस नियन्त्रण युनिटका प्रमुख इरानी उपस्वास्थ्यमन्त्रीलाइ समेत कोरोनाको संक्रमण भएको खवरले उनीहरुलाइ पनि त्रसित बनाएको थियो ।

अपार्टमेण्टमा पुग्दा फेरी समाचार आयो, कोभिड—१९ कै । मृत्युको संख्या बढिरहेको थियो । यद्धपि उत्पत्तिविन्दु चाइनामा भने संक्रमित हुनेहरुको दर भने घटिरहेको थियो ।
विरामी भएर अस्पताल भर्ना भएका आफन्तलाइ भेट्न हामी मिनभवनको शिभिल अस्पताल पुग्यौं । हामी ७ जना एकैपटक पुग्दा सेक्युरीटि समेत दंग परेको थियो ।

पेप्सीकोलाको अर्को कटेजमा पुग्दा फेरी त्यहि जुस देखियो । न्युन आयश्रोत भएका व्यक्तिहरुको कटेज थियो त्यो । लेभल अनुसारको होइन, माग अनुसारको स्थानिय रक्सि । यस अघि उनीहरुले वार्सा भनेर माग्थे, हाफप्लेट सुकुटि वा मम । तर कोरोनाको डरले मम भने विक्नै मस्कीलको अवस्था रहेछ । तर वार्सालाइ अचेल कोरोना जुस भनिदोरहेछ । ‘मम नखाएपनि जुस त विकिरहेको छ, यहिले हाम्रो पारीवारीक अर्थतन्त्र चलिरहेको छ’, रामेछापबाट पेप्सीकोलामा होटल व्यवसाय चलाउंदै आएका रविन्द्र शाक्यले भन्दै थिए । साक्यलाइ भने कोरानाफोविया भएको रहेनछ । किनकि उनले धाराको पानी पिइरहेका थिए । अपार्टमेण्टमा पुग्दा फेरी समाचार आयो, कोभिड—१९ कै । मृत्युको संख्या बढिरहेको थियो । यद्धपि उत्पत्तिविन्दु चाइनामा भने संक्रमित हुनेहरुको दर भने घटिरहेको थियो ।
विरामी भएर अस्पताल भर्ना भएका आफन्तलाइ भेट्न हामी मिनभवनको शिभिल अस्पताल पुग्यौं । हामी ७ जना एकैपटक पुग्दा सेक्युरीटि समेत दंग परेको थियो । यत्रो हुल एक जना विरामी भेट्न भन्दै । पालैपालो भेट्यौं । हाम्रा आफन्तलाइ सोडियम लो को समस्या थियो । छेवकै वेडमा भने संखुवासभाका विरामी चेतराज थिए । एउटा गैरसरकारी संस्थामा काम गर्ने उनी विगत एक बर्षदेखि विरामी रहेछन् । कुण्डुलिनिको एमआरआइ रिपोर्ट, विरअस्पतालको स्वास्थ्य परीक्षणको रिपोट तथा संखुवासभामा जंचाएको रिपोर्टका फाइल उनका आफन्तले डाक्टरलाइ व्रिफिङ गरीरहेका थिए । बीचविचमा विरामी पनि बोल्थे, सर मलाइ कोरोना लागेको त होइन? एक सातामा ९ पोका रगत चढाउंदा पनि स्वासफेर्न गाह्रो भैरहेको छ । खासमा उनलाइ वोनम्यारोको समस्या भएको रहेछ, चिकित्सकले त्यहि अनुसार काउन्सिलिङ गरीरहेका थिए । तर विरामीमा भने कोरोनाफोविया… ।

ठमेल बजारमा सुनसान थियो । काठमाण्डौ मलमा पनि उत्साहजनक रुपमा ग्राहक थिएनन् । सुनधाराको मम क्याफेमा पनि सुनसान् । नक्सालको एभ्रेष्ट मम सेन्टरमा पनि उपभोक्ताको भिड निराशाजनक थियो । शंखमुलको सान्दार मममा पनि कर्मचारीलाइ पाल्न मस्कीलको जस्तै अवस्था थियो । तर ममसंगै रक्सी राखेका होटलहरुमा भने त्यहि लेवलका ग्राहकहरु विन्दास र उदास दुवै मनस्थीतिमा पिइरहेका देखिन्थे ।

 

सिभिल अस्पतालको भुइतलामा कोभिड—१९ आइशोलेसन रुप थियो । दशवटा वेड भएको सो कक्षमा ताल्चा लगाइएको थियो । किनकि स्वास्थ्य संस्थामा कोराना भाइरसको संक्रमण भएका विरामी एक जना पनि आएका रहेनछन् । तर पनि राजधानीमा कोरोनाको त्रास व्यापकजस्तै छ । आएको त छैन, यदि आइहाल्यो भने केगर्ने? त्रास नागरीकहरुलाइ छ, अनि सरकारलाइ पनि देखियो । किनकि सरकारले भेलाहुने कुनैपनि गतिविधि बन्द गर्न निर्देशन दिइसकेको थियो । त्यसैले पनि यो बर्षको होलि पनि खल्लो भयो । मनखुस सहित होलिमा जुन मास वाहिर निस्कन्थ्यो, त्यो विल्कुलै देखिएन ।

ठमेल बजारमा सुनसान थियो । काठमाण्डौ मलमा पनि उत्साहजनक रुपमा ग्राहक थिएनन् । सुनधाराको मम क्याफेमा पनि सुनसान् । नक्सालको एभ्रेष्ट मम सेन्टरमा पनि उपभोक्ताको भिड निराशाजनक थियो । शंखमुलको सान्दार मममा पनि कर्मचारीलाइ पाल्न मस्कीलको जस्तै अवस्था थियो । तर ममसंगै रक्सी राखेका होटलहरुमा भने त्यहि लेवलका ग्राहकहरु विन्दास र उदास दुवै मनस्थीतिमा पिइरहेका देखिन्थे । किनकि बजारमा चर्चाथियो कोरोना जुसकै । अघि लेख्दै भुलेछु, सिभिल अस्पतालमा डिप्रेशनका विरामी धेरै थिए, कारण थियो कोरोना भाइरसकै । धेरै बांच्ने रहर बोकेका सम्भ्रान्तहरुलाइ पनि यहि समस्या बढ्दै गएर ¥याल परीक्षण गराउन आग्रह गरीरहेका देखिन्थे । उनीहरुको चिकित्सकलाइ एउटै अनुरोध हुन्थ्यो, पिसिआर टेस्टको । किनकि पिसिआर टेष्ट नेश्नल ल्यावरोटरी टेकु वाहेकका सरकारी अस्पतालमा थिएन ।

पुरानो कान्तिपुर पत्रिका हातपर्यो । कोरोना फेवियाकै विषयमा लेखिएको थियो । दशक अघि नेपालमा भाइरल इन्फ्लुन्जा फैलदा धेरैको ज्यान गएको थियो । परारशाल जाजरकोटको एउटा गाउंमा फैलिएको झाडापखालाकै कारण कम्तिमा एक सयको ज्यान गएको थियो । तर नेपालमा अहिले कोरोनाका विषयमा आवस्यकता भन्दा पनि बढि हल्ला गरिएको छ । इन्फ्न्जाको संक्रमणमा मृत्यु हुनेको दर ७ दशमलव ६ प्रतिसत थियो । तर अहिले कोभिड—१९का संक्रमित हुनेहरुमध्ये मृत्युदर ३ दशमलव ५ प्रतित मात्रै छ । केहि ढुक्क बनाएको थियो कान्तिपुर पत्रिकामा छापिएको आर्टिकलले । लेखिएको थियो, सरकारले आन्तरीक तयारी भन्दा हल्ला बढि गरेको छ । नेपाली नागरीकहरुले सवैभन्दा पहिले गर्ने भनेकै रोग प्रतिरोधात्मक क्षमताको बृद्धि हो । संक्रमण भैसकेपछि जोगिने पुर्वाधारहरु निर्माण गर्नु हो ।

विहेकै भोजका दिन भेटिएका थिए, वालरोग विशेषज्ञ डा वावुराम मरासीनि । सरुवारोग नियन्त्रण महाशाखाका पुर्व निर्देशक समेत भैसकेका डा मरासीनिको पनि यहि तर्कथियो, सरकारले तयारी भन्दा पनि हल्ला बढि गरीरहेको छ । तयारी स्वरुप धेरै व्यक्ति अटाउन सक्ने क्वारेन्टाइन समेत निर्माण हुन नसक्नु आश्चर्यजनक मात्र नभएर दुर्भाग्य पनि हो । यी कथनहरु सुनीरहंदा हामी पाहुना पर्न गएका पनि कोरोनाको संक्रमणबाट जोगिनेमा ढुक्क थियौं, किनकि हामीले पनि विवाहको रात्रीभोजमा कोरोना जुस पिइरहेका थियौं । डा मरासिनि भन्दै थिए, यदि जुसकै असर कोरोना भाइरस भन्दा बढि भयो भने……।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार