साक्षीमा तीन बहस

फागुन २९, २०७६  |  २४१ पटक पढिएको  |   साक्षी खबर

साक्षीमा हामीले ३ बहस स्तम्भ तयार पारेका छौँ । यस स्तम्भमा हामीले तीन फरक क्षेत्रका व्यक्तिहरुसँग गरिएको कुराकानी प्रस्तुत गर्दछौं । प्रस्तुतिः उदीराम चौधरी

 

हिमा अधिकारी, सामाजिक सेवा गर्दै आउनु भएको छ । विभिन्न संघसंस्था वा समाजमा केही परिवर्तन ल्याउन समाजसेवामा लाग्नु भएका अधिकारीसँग गरिएको बहस प्रस्तुत छ ।

१. तपाई समाजसेवामा किन लाग्नु भयो ?
– म आफै एउटा पीडित महिला हो । जुन दिन मलाई कसैले रातिको १० बजे बेहोस पारेर घर बाहिरको आगनमा फालि दिएको थियो । त्यसपछि जब मेरो होस् आयो अनि मैले त्यसैदिनदेखि अब म समाजमा बोझ होईन सबैको प्रेरणाको स्रोत बन्छु भन्ने सोचाई आयो । गाउँ समाजमा म जस्ता कयौं पीडितहरुलाई । अनि म समाज सेवातिर लागेको हुँ ।

२. समाज सेवा गर्दा सबैभन्दा खुशी र दुखीको क्षण ?
– समाज सेवा गर्ने क्रममा आफ्नो हातले पीडिहरुलाई सहयोग गर्दाको क्षणमा पीडित, दुखी, असहायहरुको हसिलो अनुहारमा चमकता देख्छु र त्यसप्रति मलाई निकै नै खुशी लाग्छ तर समाज सेवा गर्दा कसैको नाममा आफ्नो नाम जोडेर टिका टिप्पणी गर्छन् त्यसपछि मलाई अझ अगाडि बढ्ने हौसला मिल्छ । दुखी, गरिबहरुलाई आफुले सोचे अनुसारको सहयोग गर्न नपाउँदा मलाई दुख लाग्छ ।

३. समाजसेवाप्रति राज्यले के के कुरामा ध्यान सकेको छैन जस्तो लाग्छ ?
– समाजसेवाले मात्र सम्पूर्ण असहाय, गरिब, दुःखीहरुलाई सहयोग पुग्न सक्दैन । यसमा राज्यले पनि आफ्नो तर्फबाट पीडित र दिनदुखीहरुलाई समय समयमा सहयोग गर्नु पर्ने देखिन्छ र विभिन्न गैर सरकारी संस्थाहरुले पनि आवश्यक सहयोग गरिदिए अझ राम्रो हुन्थ्यो ।

…………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………

टंक के. सी., पेशाले शिक्षक हुनुहुन्छ । विगत २०६० सालदेखि अध्ययापन गराउँदै आउनुभएका हाल बाल मितेरी मा.वि. भोजपुरमा आबद्ध के.सी.सँग शिक्षण पेशासम्बन्धी विषयमा गरिएको बहस प्रस्तुत छ ।

१. शिक्षण पेशा नै किन रोज्नु भयो ?
– शिक्षण पेशा शुद्ध सामाजिक सेवा हो । यो कमाउने भन्दा रमाउने पेशा हो । घर परिवार नै शिक्षण पेशामा आबद्ध भएको कारण म पनि त्यही पेशामा लाग्न प्रेरित भएको हुँ । मलाई यो पेशाप्रति सम्मान र गौरव लागेको छ । मेरो भित्र मनदेखि नै चाहेको पेशा नै शिक्षण पेशा हो ।

२. यो पेशाला लगेपछि के पाउनु भयो ?
– मैले यो शिक्षण पेशाबाट पैसा भन्दा पनि आत्मासम्मान पाएको छु, मलाई यो पेशाप्रति गौरव छ । खुसी र जीवन भोगाइ पाएको छु । शिक्षाको ज्योतिबाट अरुलाई मार्ग दर्शन गर्ने अवसर पाएको छु । यस्तै सफलताले नै अझ हर्ष र उत्साह थपेको छ ।

३. शिक्षामा सुधार ल्याउन के गर्नुपर्ला ?
– शिक्षा लगानी, प्रक्रिया र प्रतिफल गरी तीन ओटा पद्धति हुन्छन् । शिक्षा क्षेत्रमा सुधार ल्याउन सिकारु, शिक्षक, अभिभावक र वातावरणको तादात्म्यता हुनुपर्छ । शिक्षा क्षेत्रमा सरोकार राख्ने सबै सक्रिय हुनुपर्छ । देशमा एकै प्रकारको शिक्षा नीति हुनुपर्छ ।
समग्रम पाठ्यक्रम समयसापेक्ष परिमार्जन गरिनुपर्छ । सरकारी तलब भत्ता खाने सबै शिक्षक कर्मचारीका सन्ततीलाई सरकारी विद्यालयमा पढाउने वातावरण सिर्जना गरिनुपर्छ । राम्रो पुरस्कृत र गलत दण्डित हुने वातावरण सिर्जना गरिनुपर्छ ।

…………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………

भावना न्यौपाने, विगत १० वर्षदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । नेपाली साहित्यका विषयमा न्यौपानेस“ग शिक्षण पेशाका बारेमा गरिएको बहस प्रस्तुत छ ।

१. कहिलेदेखि साहित्य क्षेत्रमा कलम चलाउन थाल्नुभयो ?
– म सानै देखि साहित्य मन पराउँथे, तर साहित्यमा सक्रिय भएर निरन्तरता दिएको अहिले दस वर्ष भयो । म साहित्यिक परिवारमा जन्मिएकोले साहित्यको सुगन्ध बाल मस्तिष्कमा छताछुल्ल बगिरह्यो, विभिन्न विद्यालय स्तरका कार्यक्रम हरुमा पहिलो दोस्रो स्थान ओगट्दै आएकी थिएँ । वालमनोवैनिज्ञानिक रुपले साहित्यप्रति मोह बढ्दै गयो । साहित्यमा आनन्द र खुसी पनि प्राप्त हुन्छ । भौतिक सुख सुबिधा र सम्पत्ति क्षणिक हुन् तर साहित्यले जीवनलाई अमर बनाउँछ यही कारण म साहित्यमा लागेकी हुँ ।

२. तपाई कथाकार वा कवि कुन हो ?
– केही कथाहरु राष्ट्रिय पत्रिकामार्फत आएका छन् । कथा पनि लेख्छु तर धेरै जसो कलम कवितामा चल्दैछ । गद्य कविता र छन्द कविता गरी २ वटा कृति प्रकाशिन गरेकी छु । भविष्यमा कथा कृति पनि प्रकाशन हुनेछ ।

३. नेपाली साहत्यिमा देखिएका विकृतिहरुलाई कसरी हेर्नु भएको छ ?
– नेपाली साहित्यमा पछिल्लो समयमा केही विकृति पनि भित्रिएको छ । विभिन्न गुट उपगुट हुनु, उसको लेखनीयको क्षमताको मापदण्डका आधारमा नभई नातावाद र कृपावाद चल्नु यिनै कारण राम्रो लेख्नेहरु आफ्नो साधनामा सदाबहार लिन हुन्छन् हल्ला गर्दैनन् । उत्कृष्ट लेख्नेहरुलाई समाज र राष्ट्रले पछ्याइरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार