झरीले ३ करोड ईट्टा क्षति

फागुन २५, २०७६  |  ८१ पटक पढिएको  |   साक्षी खबर

२५ फागुन, तुलसीपुर । केहि दिन घाम लागेर फेरी शनिवार रातभरीको झरीले जिल्लाभरी कम्तिमा ३ करोड भन्दा बढि ईट्टा क्षति भएको दाङ देउखुरी ईट्टा व्यवसायी संघले जनाएको छ । फायर गर्नका लागि तयारी अवस्थामा राखिएका अधिकांश ईट्टा पग्लेर नष्ठ भएको संघ दाङका महासचिव तथा प्रदेश कोषाध्यक्ष प्रेमनाथ योगीले बताएका छन् ।

जिल्लाको तुलसीपुर क्षेत्र, घोराही क्षेत्र र देउखुरी क्षेत्रभरीका सबै ईट्टा उद्योगमा क्षति भएको संघले जनाएको छ । भर्खरै मात्र पोल्न सुरु गरिएको अवस्थामा यति धेरै मात्रामा इटा नोक्सान भएपछि जिल्लामा ईट्टाको अभाव देखिने निश्चित भएको व्यवसायीहरुले बताएका छन् ।

त्यसैगरी ईट्टाको अभावसंगै पटक पटकको क्षतिमा पनि राज्यले क्षतिपुर्ति दिने अवस्था नभएका कारण ईट्टाको मुल्यवृद्धि समेत हुने सक्ने व्यवसायीहरुले बताएका छन् । यो वर्षमात्र करीव ४ पटक भएको वेमौसमी झरीले करोडौंका इटा नोक्सान भएका छन् । 

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार