२०७९ माघ १७, मंगलबार

मिलिजुली कृषक समूहको सार्वजनिक सुनवाई

फागुन ०४, २०७५  | १३७३ पटक पढिएको

विजौरी
तुल्सीपुर उपमहानगर पालिका वडा नं. १९ को मिलिजुली कृषक समूहको आज सनिबार एक कार्यक्रमका विच सार्वजनिक सुनवाई भएकोछ ।
समूहका अध्यक्ष विर वहादुर पुनको सभापतित्व एबम् रिजम्का जिल्ला अनुगमन अधिकृत हरि प्रसाद शर्माको प्रमुख आतिथ्य र तुल्सीपुर उपमहानगर पालिका वडा नं. १९का वडाध्यक्ष राम वहादुर योगीको विशिष्ठ आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।
समूहका सचिव खल वहादुर घर्तिको स्वागत मन्तव्यवाट सुरु भएको उक्त कार्यक्रममा वोल्ने वक्ताहरुले यस क्षेत्रमा महुरीवाट राम्रो मह उत्पादन हुने भन्दै अव यसलाई वजारी करणमा सम्वन्धित निकायले ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए ।
साना तथा मझौला कृष्क आयस्तर वृद्धि आयोजना (रिजम) वाँकेको नौं लाख ७४ हजार ५ सय ५० अनुदान र समूहको ७ लाख एक सय रुपैया गरि जम्मा १६ लाख ७४ हजार ६ सय ५० रुपैयामा उक्त परियोजना सम्पन्न भएको वताइएको छ ।
उक्त समूहले १४८ घार मौरी र मौरी जन्य सामाग्रीमा दाङमा ४८ घार , कपिलवस्तुमा ४२ घार, रुपन्देहिमा ५८ घार मौरी चरणको लागि लगीएको संस्थाका अध्यक्ष विर वहादुर पुनले वताएका छन ।
यो एक सिजन मा १४८ घारवाट एक हजार ८८ केजि मह उत्पादन भएको र उक्त महवाट थोक व्यापारमा २ लाख ७२ हजार रुपैया आम्दानी भएको अध्यक्ष पुनले जानकारी दिए ।
उक्त सार्वजनिक सुनवाई कार्यक्रम को सहजिकरण मदन न्यौपानेले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस