२०७९ माघ १७, मंगलबार

भिक्टोरिया टिउसन पश्चिम नेपालमा उत्कृष्ट

चैत्र ११, २०७५  | १२७९ पटक पढिएको

– शरद रेग्मी
११ चैत्र, दाङ / दाङको तुलसीपुरमा रहेको भिक्टोरिया टिउसन सेन्टर उत्कृष्ट भएको तथ्यांक सार्वजनिक भएको छ । सोमबार सेन्टरले रिपोर्टस् क्लब दाङमा पत्रकार सम्मेलन गरेर उत्कृष्ट भएको तथ्यांक सार्वजनिक गरेको हो ।

रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सञ्चालक केशव लामिछानेले शिक्षा सेवा प्रावि तहको आन्तरिकमा ९१ जना मध्ये ८७ जनाले नाम निकाल्न सफल भएको बताए ।

उनले भने– “हामीले हरेक हप्ता विभिन्न मन्त्रालयका विषयगत विज्ञहरुलाई तुलसीपुर ल्याएर कक्षा सञ्चालन गरेका थियौं त्यसैको नतिजा स्वरुप ९५.६ प्रतिशत विद्यार्थिहरु उतिर्ण भएका हुन्” ।

टिउसन सेन्टरले यस अघिका कक्षाहरुमा समेत उत्कृष्ट नतिजा हात पार्न सफल भएको भन्दै अझै मेहनत गरेर यसक्षेत्रबाट दक्ष जनशक्ति उत्पादन गर्न भूमिका खेल्ने जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि राप्ती बबई क्याम्पसका अध्यक्ष बिष्णुकुमार देवकोटाले यस क्षेत्रमा शिक्षाको महत्त्वपूर्ण सम्भावना रहेको भन्दै भिक्टोरिया टिउसनले गरेको योगदानको चर्चा गरे । उनले पश्चिम दाङमा शिक्षाको विकासका लागि राप्ती बबई क्याम्पसको सुधार र स्तरवृद्धि अनिवार्य रहेको भन्दै सबैलाई सहयोगिको भूमिका खेल्न आग्रह गरे ।

कार्यक्रममा राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्रमुख सुर्य प्रसाद शर्मा, रासस प्रमुख नारायणि रजौरे लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन रिपोर्टस् क्लबका सदस्य सन्तोष केसीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस