सहभागिता मुलक समिक्षा र योजना तर्जमा बैठक


– निराश पाण्डे
११ चैत्र, दाङ / नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा सहभागिता मुलक समिक्षा र योजना तर्जमा बैठक आज शान्तिनगर चिराघाट्मा सप्पन्न भएको छ ।

गाउँपालिकाका सामाजिक विकास समितिका अध्यक्ष धन बहादुर केसीको सभापतित्व एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डाँगीको प्रमुख आथित्यतामा सप्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले शिक्षा क्षेत्र सुधारका लागी सबैको सहयोगको खाँचो भएको बताए । साथै शिक्षक आफ्नो पेसा प्रति गम्भीर हुनु पर्ने बताए ।

गाउँपालिकाका १६ विधालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रमको प्रशिक्षकमा शिक्षा शाखा प्रमुख घनश्याम ओलि र स्रोत व्यक्ति कबिराज डाँगी रहेका थिए, भने कार्यक्रमको सञ्चालन ओपेन्द्र के.सी र सुनिता बुढाले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस